खतरनाक सफ्टवेयर ल्याउने याेजनामा फेसबुक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

खतरनाक सफ्टवेयर ल्याउने याेजनामा फेसबुक



एजेन्सी ।  फेसबुक एउटा सामाजिक  उपयाेगीता संगै समाजमा रहेका सकारामत्मक तथा नकारात्मक कुराहरूकाे उजागर गर्ने माध्यम हाे । यसले टाढा टाढा रहेका अाफ्ना अाफ्न्तहरूलाई भेटाएर उनिहरूकाे बारे जान्ने माैका दिन्छ । मानिससंग नजिक्यार साथी बनाइ एक अापसमा सदभाव कायम राख्न फेशबुकले धेरै मदत पूर्याएकाे देखिन्छ ।

कतीकाे घरबार यहि फेसबुकबाट बसेकाे छ त कतीकाे बर्वाद पनि यहि फेशबुकले बनाएकाे छ । तर पछिल्लाे समय फेशबुककाे सदुपयाेग भन्दा दुरूपयाेग बढदै गएकाे छ । दुरूपयाेग गर्नेहरूलार्इ तह लगाउन फेशबुकले नयाँ नयाँ सफ्टवेयर पनि उत्पादन गर्दै अाएकाे छ । साेही अन्तरालमा संसारमा अब फेशबुकले एक नयाँ खतरनाक सफ्टवेयर ल्याउने भएकाे छ ।

फेसबुकले एउटा यस्ताे सफ्टवेयर बनाउने जमर्काे थालेकाे छ जसले प्रकाशित हुने सामग्रीलार्इ जाच गरी सत्य या असत्य त्यसकाे जानकारी गराउन सक्ने भएकाे छ । फेसबुकका संस्थापक मार्क जुकरवर्गले एक खुला पत्र जारी गर्दै उक्त कुराको जानकारी दिएका हुन् ।

फेशबुकले ल्याउन अाटेकाे सफ्टवेयरले आतंकवाद, हिंसा, बुलिंगलगायत आत्महत्या पनि रोक्न सकिने छ । ५५०० पनाको उक्त पत्रमा फेसबुकको भविष्यको बारेमा पनि चर्चा गरीएकाे छ । जस अनुसार फेशबुकका संस्थापक जुकरवर्गले दैनिक जसो प्रकाशन हुने अरबौँ पोस्ट्स र सन्देशहरु नयाँ प्रविधिको विकाससँगै जाँच गर्ने सकिने दाबी गरेका छन ।

उनले भने, – ‘अब एउटा यस्तो प्रविधिको विकास गर्ने प्रयास हुँदै छ, जो शब्दलाई पढ्न सक्ने छ, तस्बिर वा भिडियोलाई निरिक्षण गर्न सक्ने छ र खतराको संकेतलाई समेत बुझ्न सक्ने छ ।’

प्रकाशित : ८ फाल्गुन २०७३, आईतवार ०९:५६