ट्रष्टमा राखिएको जग्गा ज्ञानेन्द्रकी छोरी प्रेरणालाई फिर्ता गर्न सर्वोच्चको आदेश, अरबौं पर्ने १५ रोपनी जग्गा अब प्रेरणाको « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ट्रष्टमा राखिएको जग्गा ज्ञानेन्द्रकी छोरी प्रेरणालाई फिर्ता गर्न सर्वोच्चको आदेश, अरबौं पर्ने १५ रोपनी जग्गा अब प्रेरणाको



काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्य लक्ष्मी सिंहले नेपाल ट्रष्टमा राखिएको जग्गा फेरी फिर्ता पाउने भएकी छिन् । आइतबार सर्वोच्च अदालतले नेपाल ट्रष्टमा राखिएको छाउनीस्थित १५ रोपनी जग्गा प्रेरणाले फिर्ता पाउने फैसला सुनाएको हो ।  अरबौं पर्ने सो जग्गा पूर्वराजा शाहले छोरी प्रेरणालाई दाइजो  दिएका थिए ।

आइतबार प्रधानन्यायधीश रामकुमार प्रसाद शाह र न्यायाधीश चोलेन्द्र शमसेरको संयुक्त इजलासले ज्ञानेन्द्रले दिएको दाइजो ट्रष्टमा राख्ने सरकारको निर्णयलाई बदर गरिदिएको  हो।   संयुक्त इजलासले भनेको छ, ‘तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६२ जेठ १० मा सो सम्पत्ति आफ्नी छोरी सिंहलाई दाइजोस्वरुप बकस दिइ निजको अध्यावधिक भोगचलनमा रहेकामा सम्बन्धित व्यक्तिसँग बुझ्दै नबुझी र प्रतिवादको मौकासमेत नदिइ २०६४ पुस १ गते र त्यसपछिका निर्णय कारबाही त्रुटीपूर्ण हुँदा ती निर्णय उत्प्रेषणको आदेशबाट बदर हुन्छ ।’

छाउनीस्थित कित्ता नं २५ को घरसहितको १५ रोपनी एक आना जमिन अब प्रेरणाकै नाममा आउने भएको छ। कित्ता नम्बर २५ को उक्त जग्गा काठमाडौं महानगरपालिकाको वडा नम्बर १३ (छाउनी) मा छ। अर्बौं रुपैयाँ पर्ने उक्त जग्गाको क्षेत्रफल ०७६६४.६० बर्गमीटर छ।

पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणा राज्य लक्ष्मीले त्यो जग्गा आफूले दाइजोमा पाएको दाबीसहित गत माघमा सरकारी निर्णय विरुद्ध रिट दिएकी थिइन्।  २०६४ साल पुस १ मा सरकारले उक्त जग्गा नेपाल ट्रष्टको मातहतमा लिने निर्णय गरेको थियो। प्रेरणा गत माघमा २५ मा  सर्वोच्च गएकी थिइन्।

प्रेरणा पूर्व राजा ज्ञानेन्द्रकी एक मात्र छोरी हुन्। उनले एकलौटी हक भोग हुने गरी दाईजो दिएको व्यहोरा उल्लेख गर्दै तत्कालिन श्री ५ महाराजधिराजका प्रमुख राजदरबार पदाधिकारीले २०६२ साल जेठ १० गते राजकिय सम्पत्ति कोष विभाग, राजदरवार तथा ढुकुटी विभाग (राजदरबार)लाई लेखेको पत्रससहितका कागज प्रमाणसमेत रिटसँगै पेश गरेकी थिइन्।

प्रेरणाको विवाह ज्ञानेन्द्र राजा भएको समयमा २०५९ माघ १० गते राजबहादुर सिंहसँग भएको थियो। विवाह हुँदा आफ्ना बाबुले घरसहित काठमाडौं छाउनीको १५ रोपनी १ आना जग्गा दाइजो बक्स दिए पनि सरकारले जबर्जस्ती ट्रस्टमा राखेको दाबी प्रेरणाको दाबी थियो ।

प्रकाशित : ७ असार २०७२, सोमबार ०१:५६