अार्थिक पत्रकार बुढाथोकीद्वारा लिखित ‘समकालीन नेपाली अर्थतन्त्र’ सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अार्थिक पत्रकार बुढाथोकीद्वारा लिखित ‘समकालीन नेपाली अर्थतन्त्र’ सार्वजनिक



काठमाडाै ८ फागुन । आर्थिक क्षेत्रका विज्ञहरूले नेपालले अपाउन लागेको संघीयताको मोडल अति महँगो भएकाले यसको व्यवस्थापनमा बेलैमा ध्यान नदिए भोलि गएर समस्या निम्तन सक्ने बताएका छन् ।आर्थिक पत्रकार एवं कारोबार राष्ट्रिय दैनिकका सम्पादन विभाग प्रमुख गजेन्द्र बुढाथोकीद्वारा लिखित समकालीन नेपाली अर्थतन्त्रको सार्वजनिकीकरण कार्यक्रममा उनीहरूले वित्तीय उदारीकरणपछिको तीन दशकमा नेपालले एक खालका सूचकमा प्रगति हासिल गरे पनि त्यसको स्थायित्वमाथि प्रश्न उठाएका हुन् ।


“मैले सुरुदेखि नै संघीयता महँगो व्यवस्था हो भन्दै आएको छु, यसको आर्थिक व्यवस्थापनलाई पनि उत्तिकै महत्व दिइनु पर्छ,” पूर्वअर्थमन्त्री डा. रामशरण महतले कार्यक्रममा भने, “दस वर्षे द्वन्द्वका बाबजुद नेपालले विगतका दशकमा हासिल गरिएको उपलब्धीलाई कम आँकलन गर्न मिल्दैन ।” पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीले आर्थिक उदारीकरण भन्दैमा राज्यको लोककल्याणकारी भूमिका समाप्त नहुने टिप्पणी गर्दै आउने दिनमा राज्यको भूमिका अझ बढाउनु पर्ने बताए । अर्थशास्त्री प्राडा विश्वम्भर प्याकुरेलले विगत तीस वर्षमा भएको नेपालको आर्थिक उन्नति स्वभाविक थियो या उदारीकरणको परिणाम थियो भन्ने विषयमै प्रश्न रहेको बताउँदै संघीयताको आर्थिक व्यवस्थापन नेपालका लागि नयाँ समस्या हुने बताए ।

कार्यक्रममा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी, अर्थशास्त्री प्रा.डा विश्वम्भर प्याकु¥याल तथा नेपाल आर्थिक पत्रकार समाजका अध्यक्ष गोकर्ण अवस्थीले आइतबार राजधानीमा आयोजित कार्यक्रममा संयुक्त रूपमा अनावरण गरे । आधुनिक नेपालको संक्षिप्त इतिहाससहित समेटिएको सो पुस्तकमा समसामयिक नेपालको विकास अर्थतन्त्रका विभिन्न आयाम समेटिएको छ । कार्यक्रममा नेपाल आर्थिक पत्रकार समाजका अध्यक्ष गोकर्ण अवस्थी र अर्थशास्त्री डा. चन्द्रमणि अधिकारीले पछिल्लो कालखण्डको नेपाली अर्थतन्त्र अध्ययनका लागि पुस्तक सहयोगी हुने चर्चा गरे  । सांग्रिला बुक्सद्वारा प्रकासनमा ल्याइएको पुस्तकको मूल्य ३५० रुपैयाँ तोकिएको छ । यो आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीको दोस्रो पुस्तक हो ।

प्रकाशित : ८ फाल्गुन २०७३, आईतवार १६:१५