दाता सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ प्रधानमन्त्री ली कछियाङ सहभागी नहुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

दाता सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ प्रधानमन्त्री ली कछियाङ सहभागी नहुने



काठमाडौ ।परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले असार दश गते हुने दाता सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनिया“ प्रधानमन्त्री ली कछियाङ सहभागी नहुने बताउनुभएको छ ।

व्यवस्थापिका संसद्को राष्ट्रिय विपद् व्यवस्थापन, अनुगमन तथा निर्देशन विशेष समितिको आइतबार बसेको बैठकमा परराष्ट्रमन्त्री पाण्डेले दुवै छिमेकी मुलुकका प्रधानमन्त्री सम्मेलनमा सहभागी नहुने पक्का भइसकेको जानकारी दिनुभएको हो ।

बैठकमा अर्थमन्त्री डाक्टर रामशरण महतले सम्मेलनमा मन्त्री र त्यो भन्दा तल्लो ओहोदाका १ सय २५ जना विदेशी प्रतिनिधिले भाग लिने जानकारी दिनुभयो ।  अर्थमन्त्री डाक्टर महतले सम्मेलनको सबै तयारी पूरा भएको पनि जानकारी दिनुभयो ।

प्रकाशित : ७ असार २०७२, सोमबार ०१:०९