तपाईलाई थाहा छ? आजबाट सिनर्जीको आईपिओमा नपरेको पैसा फिर्ता हुँदैछ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

तपाईलाई थाहा छ? आजबाट सिनर्जीको आईपिओमा नपरेको पैसा फिर्ता हुँदैछ



काठमाडौं, फागुन १० । सिनर्जी हाइड्रोपावर कम्पनीले साधारण शेयर बाँडफाँटमा नपरेका लगानीकर्ताहरुलाई आज फागुन १० देखि रकम फिर्ता दिएको छ ।

पुस ८ गतेबाट १३ गतेसम्म सय रूपैयाँ अंकित मूल्यमा २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता साधारण शेयर निष्काशन गरेको कम्पनीले बिहीबार फागुन ५ शेयर बाँडफाँट गरेको थियो ।

आईपिओमा ३१ हजार रुपैयाँ अर्थात ३१० कित्तासम्मको आवेदन दिने लगानीकर्तालाई गोलाप्रथाबाट १० कित्ताका दरले शेयर वितरण गरिएको थियो । त्यस्तै ३२ हजारदेखि ५० हजारसम्म आवेदन दिने लगानीकर्तालाई ३ दशमलव ०४ प्रतिशत र ५० हजार भन्दा बढी आवेदन दिनेलाई २ दशमलव ९३ प्रतिशतका दरले शेयर पाएका छन् ।

प्रकाशित : १० फाल्गुन २०७३, मंगलवार ०५:३२