नेप्सेलाई परेन चुनावको असर, ७ दशमलव ५४ अंकले ओरालो लाग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्सेलाई परेन चुनावको असर, ७ दशमलव ५४ अंकले ओरालो लाग्यो



काठमाडौं १० फागुन  । नेप्से ७ दशमलव ५४ अंकले ओरालो लागेको छ ।  सरकारले  चुनावको मिती घोषणा गरेसँगै उकालो लाग्ने आशा गरेपनि नेप्से परिसूचक  त्यसको ठिक विपरित ओरालो लागेको छ । मंगलवार बजार खुलेको केही समयसम्म नेप्सेमा चमक देखिए पनि टिक्न सकेन ।

मंगलवार वीमा समुहको परिसुचक सवैभन्दा बढी १ सय ३८ अंकले घटेको छ । त्यस्तै जलविद्युत १० दशमलव ३२,फाइनान्स ८ दशमलव ३८,बैंकिङ ५ दशमलव ५ र अन्य समुह ० दशमलव २९ अंकले ओरालो लागेको छ । यता होटल, विकास बैंक र उत्पादन समुह भने क्रमशः १४ दशमलव २८,२ दशमलव ७८ र २ दशमलव ५६ अंकले उकालो लागेको छ ।

मंगलवार १ सय ३७ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको १० लाख कित्ता सेयरबाट ६० करोड ४३ लाखको कारोवार भएको छ ।

प्रकाशित : १० फाल्गुन २०७३, मंगलवार १०:३०