बजाजको नयाँ बाइक बजारमा, यस्ता छन बिशेषता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बजाजको नयाँ बाइक बजारमा, यस्ता छन बिशेषता



काठमाडौं, १३ फागुन  । बजाजले बजारमा नयाँ पल्सर ‘एनएस १६० पावर टू प्ले’, ‘अल न्यू डिटिएस आई’ १६० दशमलब ३ सीसीको ओइल कुल्ड सिंगल सिलिण्डर इन्जिन रहेको मोटरबाइक सार्वजनिक गरेको छ ।

बाइकमा रहेको मोटरले १५ दशमलब ५ ‘पिए एट दि रेट’ ८ हजार ५ सय ‘आरपीएम’को शक्ति तथा ६ हजार ५ सय ‘आरपीएम’ मा १४ दशमलब ६ ‘एनएम’को अधिकतम टर्क उत्पन्न गर्ने कम्पनीले जानकारी दिएको छ ।

५५ वाटको ‘हेलोजिन हेडल्याम्प’, नयाँ ‘फ्यूल फिलर क्याप’, ‘एनालग टुयाक्टो मिटर’का साथमा ‘डिजिटल इन्स्ट्रुमेन्ट प्यानेल’, ‘एयर डिफ्लेक्टिंग कोल’, ‘क्लियर लेन्स इन्डिकेटर’ रहेको छ र बाइकको पछाडिको भागमा, ‘स्प्लीट एलईडी टेल ल्याम्प’ राखिएको छ ।
बाईक ‘रेड’, ‘पर्ल मेटालिक ह्वाइट’ र ‘सापिरे ब्लू मिक्ड स्टेन ब्ल्याक कलर’मा बजारमा उपलब्ध हुनेछ । देशभरीका बजाजका शोरुमहरुमा यसको शुरुवाती मूल्य रु २ लाख, ५९ हजार, ९ सय रुपैया कम्पनीले तोकेको छ ।

प्रकाशित : १३ फाल्गुन २०७३, शुक्रबार ०६:०९