शिवरात्रीभर दुःख पाइएलाः यी वैकल्पिक मार्ग प्रयोग गर्नुस् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

शिवरात्रीभर दुःख पाइएलाः यी वैकल्पिक मार्ग प्रयोग गर्नुस्



काठमाडाै १३ फागुन । महाशिवरात्री पर्वलाई ध्यानमा राखी महानगरीय ट्राफिक प्रहरी महाशाखाले नौ स्थानबाट चल्ने सवारीसाधन प्रवेशमा रोक लगाएको छ ।

महाशाखाले चावहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वरबाट गौशालातर्फ, मैतीदेवी चोकबाट पुरानो बानेश्वरतर्फ, द्वारिका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जयबागेश्वरीतर्फ, लामापोखरी कुटुम्बहालबाट मित्रपार्कतर्फ, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ तथा तिलगङ्गाबाट गौशालातर्फ रोक लगाएको हो ।

यस्तै मालबाहक सवारीसाधनलाई तीनकुनेबाट सिनामङ्गलतर्फ, जोरपाटी नारायणटारबाट करिडोर बाटो हुँदै आउने मालबाहक सवारीसाधनलाई गौरीघाटतर्फ, सिनामङ्गल पुलबाट करिडोरको मार्ग हुँदै होटल महाराजा निस्कने मार्ग र जोरपाटी, बौद्धतर्फबाट आउने मालबाहक सवारीसाधनलाई चुच्चेपाटीबाट चावहिलतर्फ व्यवस्थापन गरिएको महाशाखाले जनाएको छ ।

यसैगरी नयाँबानेश्वर, तीनकुने भएर चल्ने तथा रिङ रोड परिक्रमा गर्ने याुत्रबाहक सवारीसाधनलाई, पुरानो बसपार्क, भद्रकाली, माइतीघर, बानेश्वर, तीनकुने हुँदै तिलगङ्गासम्म जाने र सोही मार्ग भएर फर्कने व्यवस्था मिलाएको छ । रातोपुल गौशाला, चावहिल हुँदै बौद्धतर्फ चल्ने सवारीसाधनलाई पुरानो बसपार्क, भद्रकाली, भोटाहिटी, जमल, केशरमहल, खानीविभाग, लाजिम्पाट, नारायणगोपाल चोक, सुकेधारा, चावहिल हुँदै बौद्धतर्फ जाने र सोही बाटो फिर्ता हुने व्यवस्था मिलाएकोे छ ।

प्रकाशित : १३ फाल्गुन २०७३, शुक्रबार ०६:२४