याहूका प्रयोगकर्ता ह्याकर्सको निशानामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

याहूका प्रयोगकर्ता ह्याकर्सको निशानामा



याहूले आफ्नो इमेल प्रयोगकर्तालाई सचेत गराउँदै भनेको छ ह्याकर्सले बिनापासवर्ड तपाईको इमेल खोल्न सक्छ । कंपनीले आफ्नो  वेबसाइटमा पोस्ट गरिएको सन्देशमा भनिएको छ , केही ह्याकर्सले नक्कली कुकीज बनाएका छन् जो प्रयोगकर्तालाई केही थाहा हुदैन तर ह्याकर्सले उनीहरुको इमेल हेरिरहेका हुन्छन् ।

तर अहिलेसम्म यस्ता ह्याकर्सका कारण कति प्रयोगकर्ता प्रभावित छन् भनेर एकिन भने हुन सकेको छैन । कम्पनी समस्या समाधान गर्ने कोशिस गरिरहेको छ ।

२०१५ र २०१६ मा पनि याहुका करोडौ इमेल आइडी लगातार ह्याक गरिएको थियो । यस ह्याकिङलाई अहिलेसम्मकै ठुलो ह्याकिङ भनिएको थियो । २०१४ मा करीब ६० करोड याहु प्रयोगकर्ताको डाटा चोरी भएको थियो । यस दौरानमा प्रयोगकर्ताको नाम,इमेल एड्रेस,टेलिफोन नम्बर,पासवर्ड, आदि चोरी भएको थियो । एजेन्सी

प्रकाशित : १३ फाल्गुन २०७३, शुक्रबार १०:५०