चुनावी उमेदवारको खर्च सीमा, ७ लाखसम्म खर्च गर्न पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

चुनावी उमेदवारको खर्च सीमा, ७ लाखसम्म खर्च गर्न पाउने



काठमाडौं १६  फागुन । निर्वाचन आयोगले आगामी बैशाख ३१ गतेका लागि घोषणा गरिएको स्थानिय निकायको निर्वाचानका लागि उमेदवारको खर्च सीमा तोकिदिएको छ ।

आयोगले एक उमेदावरले ७ लाख रुपैयाँसम्म मात्रै खर्च गर्न पाउने गरी उमेदवारको खर्च सीमा तोकेको हो । निर्वाचन आयोगको आइतबारको निर्णयले यो सीमा तोकेको उल्लेख छ ।

आयोगमा दर्ता भएका ११३ वटा राजनीतिक पाटिलाई लागू हुने गरै निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अन्तर्गत यो सीमा तोकेको उल्लेख छ ।

आयोगले हरेक उमेवारले गर्ने यो खर्चको पनि स्रोत खुलाउनेपर्ने सर्त तोकेको छ । आयोगले उपत्यकामा दुईवटा गाडि र दुई वटा मोटरसाईकलमात्रै निर्वाचन प्रचार अभियानमा लैजान पाउने गरी सर्त तोकेको छ । दि हिमालयन टाइम्स दैनिकबाट ।

प्रकाशित : १६ फाल्गुन २०७३, सोमबार ०५:१६