राजविराज र धरानमा सिद्धार्थ इन्स्योरेन्सको नयाँ शाखा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

राजविराज र धरानमा सिद्धार्थ इन्स्योरेन्सको नयाँ शाखा



काठमाडौ १६ फागुन । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले शुक्रवार राजविराज र धरानमा दुई शाखा सञ्चालनमा ल्याएको छ ।
दुबै शाखाको उद्घाटन बीमामा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई र कम्पनीका सञ्चालक दिव्यकुमार अधिकारीले संयुक्त रुपमा गरेका थिए ।

उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै बीमा समितिका अध्यक्ष चापागाईले सिद्धार्थ इन्स्योरेन्स सर्वसाधारणमा बीमाको चेतना जगाउने काममा अगाडी बढेकाले भोलिका दिनमा अझै सेवा बिस्तार गर्दै जानेमा आफु विस्वस्त रहेको बताए । उनले यि नयाँ शाखा मार्फत कम्पनीले स्थानियलाई बीमाको पहुँच पुर्याउन सहयोग पुग्ने बताए ।

उक्त अवसरमा स्थानिय व्याक्तित्वहरुले पनि सिद्धार्थ इन्स्योरेन्सले यस क्षेत्रलाई महत्व दिएकोमा खुशी व्यक्त गरे ।  यि दुई शाखा सहित सिद्धार्थ इन्स्योरेन्सको शाखा संख्या ३४ पुगेको छ ।

प्रकाशित : १६ फाल्गुन २०७३, सोमबार ०६:३८