टेलिसेन्टर सुचारु नहुँदा सेवाग्राही मर्कामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

टेलिसेन्टर सुचारु नहुँदा सेवाग्राही मर्कामा



जाजरकोट, १६ फागुन । जिल्ला हुलाक कार्यालयमार्फत सञ्चालनमा ल्याइएको टेलिसेन्टर सेवा नारामै सीमित भएको छ ।

स्थापना कालदेखि नै टेलिसेन्टर सेवा विद्युत्को अभावमा प्रभावकारी नहुँदा सेवाग्राहीले सेवा नपाएको गुनासो गदै आएका थिए । सरकारले जिल्ला हुलाकमार्फत जिल्लावासीलाई इन्टरनेट, फोटोकपीलगायतका सेवा प्रवाह गर्ने भने पनि सबै काम नारामै सीमित भएको सेवाग्राहीले बताएका छन् ।

जिल्ला हुलाकमै सेवा दिन नसकेको अवस्थामा ग्रामीण क्षेत्र रहेका हुलाकमा कसरी सेवा प्रवाह गर्न सकिन्छ भन्ने प्रश्न खडा भएको छ । भरपर्दो इन्टरनेट, विद्युत् र कम्प्युटर नहुँदा सेवा दिन नसकेको हुलाकको भनाइ छ ।

दैनिक सेवा लिन स्थानीय गए पनि खाली हात फर्कने गरेको पाइएको छ । त्यसैगरी हुलाक कार्यालयमा कर्मचारीको अभावमा काम गर्न निकै मुस्किल भएको छ ।

प्रकाशित : १६ फाल्गुन २०७३, सोमबार ०७:४५