घरजग्गा कारोबारको मूल्यमा एक दशकमा ४१.३ प्रतिशतले गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

घरजग्गा कारोबारको मूल्यमा एक दशकमा ४१.३ प्रतिशतले गिरावट



ग्रीस । ग्रीसको घरजग्गाको आवासीय तथा व्यवसायिक कारोबारको औसत मूल्यमा सन् २००८ यता ४१.३ प्रतिशतले गिरावट आएको यहाँको केन्द्रीय बैंकले आइतबार जनाएको छ । यो मूल्य गिरावट आगामी केही समय अझै कायम रहने बताइएको छ ।

ग्रीक कर्जा सङ्कट सुरु भएसँगै सन् २००८ पछि नै घरजग्गाको कारोबार मूल्यमा भारी गिरावट आउन थालेको र झण्डै १० बर्षको अवधिमा कारोबार मूल्यमा ४१.३ प्रतिशतले कमी आएको ग्रीक आर्थिक दैनिक केर्दोस (नाफा) ले ग्रीक केन्द्रिय बैंकलाई उद्धृत गर्दै आइतबार जनाएको छ ।

विद्यमान आर्थिक मन्दी, उच्च बेरोजगार दर, कर वृद्धि र कर तथा आर्थिक पक्षसम्बन्धी प्रणालीका साथसाथै सन् २०१५ को गृष्मकालमा भएको पूँजी नियन्त्रण नीतिले घरजग्गा कारोबारको मूल्यमा कमी आएको ग्रीक केन्द्रिय बैंकको ठहर छ ।

बैंकको अध्ययन प्रतिवेदनअनुसार औसत घरजग्गा कारोबार मूल्यमा सन् २०१६ मा २.२ प्रतिशत, सन् २०१५ मा ५.१ प्रतिशत र सन् २०१४ मा ७.५ प्रतिशतले कमी आएको थियो ।

प्रकाशित : १६ फाल्गुन २०७३, सोमबार ०८:५१