भारु नोट समस्याका लागि भारतीय टोली आज नेपाल आउँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

भारु नोट समस्याका लागि भारतीय टोली आज नेपाल आउँदै



 काठमाडौं  १७ फागुन । भारतीय नोट सटहीबारे छलफल गर्न आज(मंगलबार) भारतीय टोली नेपाल आउँदैछ । भारतीय टोलीसँग लामो समयदेखि नेपालमा प्रतिबन्ध भएका ५ सय र हजार दरका भारतीय नोट सक्दो चाँडै साट्ने विषयमा छलफल हुने राष्ट्रबैंकले जनाएको छ ।

३ महिना अघि भारत सरकारले ५ सय र हजार दरका नोटहरुको ‘लिगल टेण्डर’ रद्द गरेको थियो । लगत्तै नेपालले यी दरका नोटहरुको नेपालमा प्रचलन बन्देज गरी भारतसँग प्रचलनमा आइसकेका नोटको सटही सुविधा माग्दै आएको छ ।

तर भारतमै नोट व्यवस्थापनको जटिलताका कारण देखाउदै भारतले अहिलेसम्म ठूला दरका नोट सटही गर्न आनाकानी गर्दै आएको थियो ।

प्रकाशित : १७ फाल्गुन २०७३, मंगलवार ०६:००