अमेरिकीमा उत्पादित न्यूट्रिसनको बडी विल्डिङ स्टोरको चौथो शाखा लाजिम्पाटमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अमेरिकीमा उत्पादित न्यूट्रिसनको बडी विल्डिङ स्टोरको चौथो शाखा लाजिम्पाटमा



काठमाडाै १७ फागुन । बडी विल्डिङ शोरुमले राजधानीको लाजिम्पाटमा चौथो शाखा बिस्तार गरेको छ । अमेरिकामा उत्पादित न्युट्रिसनको बिक्रीबितरणमा नेपालमा अग्रणी स्थानमा रहेको स्टोरको नयाँ शाखाको उद्घाटन अभिनेत्री प्रियंका कार्कीले गरेकी हुन् ।

शारीरिक सुगठन, खेलाडी तथा व्यायामकर्ताहरुलाई लक्षित गर्दै उक्त शोरुम बिस्तार गरिएको हो । सामान्य व्यक्तिका लागि पनि आकर्षक शरीर बनाउन स्टोरले सोही अनुसारको न्युट्रिसन बिक्री बितरण गर्नेछ ।

मस्कल टेक र डाइमाटाइज न्यट्रिसन फर नेपाल गरी दुईवटा ब्राण्डको नेपालका लागि आधिकारिक बिक्रेता रहेको बडी विल्डिङ स्टोरले तीन वर्षे व्यवसायिक यात्रामा राजधानीको लाजिम्पाटमा चौथो शोरुम सञ्चालनमा ल्याएको हो । नेपालमा शारीरिक सुगठनमा ध्यान दिनेहरुले न्युट्रिसनको अधिक माग गर्दै आएकाले स्थापनाको तीन वर्षमा नै स्टोरले चौथो शाखा बिस्तार गरेको हो ।

यसअघि सुन्धारास्थित सिभिल मल, कमलपोखरी र कौशलटारमा शोरुमका शाखा सञ्चालनमा आइसकेका छन् । स्टोरका सञ्चालक राजकुमार ढकालले तीनवटै स्टोरमा अधिक मात्रामा भएको न्युट्रिसनको मागलाई ध्यानमा राखेर लाजिम्पाटमा शाखा खोलिएको बताए । उनले स्टोरले आगामी दिनमा अन्य स्थानमा पनि शाखा बिस्तार गर्दै आफ्ना ब्राण्डको बिक्री बितरणलाई तीब्र बनाउने बताए ।

शारीरिक सुगठनका लागि खाद्यान्न सन्तुलनका सम्बन्धमा परामर्श समेत दिंदै आएको स्टोरले नेपालभर सक्कली न्युट्रिसनका उत्पादन उपलब्ध गराउन पुलको भूूमिका खेल्ने लक्ष्य लिएको छ । अन्य स्थानमा सीमित प्रकारका न्युट्रिसनजन्य खाद्यान्न पाइने अवस्थामा यो स्टोरमा छानेर आफूूलाई आवश्यक किसिमको वस्तु मात्र खरिद गर्न सकिन्छ । नियमित रुपमा प्रयोग हुने खाद्यान्नको विकल्पका रुपमा शारीरिक सौन्दर्यताका लागि स्टोरले बिक्री बितरण गर्ने उत्पादनका लागि नेपालभरिबाट अर्डर गर्न सकिन्छ ।

न्युट्रिसनजन्य उत्पादनको मूल्य अलि महंगो हुने भएकाले नेपाली बजारमा नक्कली उत्पादन सस्तोमा बिक्री बितरण भइरहेको भन्दै स्टोरले आफूूले किन्ने उत्पादनमा होलोग्राम जाँचेर सक्कली उत्पादनको प्रयोग गर्न आग्रह समेत गरेको छ । स्टोरले विज्ञप्तिमार्फत भनेको छ–‘हाम्रो स्टोरमा राखिएका उत्पादनमा टेम्पर प्रुफ होलोग्राम राखिएका छन्, जसले तपाईको स्वास्थ्यमा कुनै खेलवाड गर्नै सक्दैन, अब सक्कली उत्पादन कि नक्कली उत्पादन चलाउने बिचार पुर्याउनहोस् ।’

प्रकाशित : १७ फाल्गुन २०७३, मंगलवार ०६:४०