लकरमा बन्दुक राख्ने ल्यारक्याल बैंकिङ क्षेत्रको समस्या समाधान गर्ने समितिमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

लकरमा बन्दुक राख्ने ल्यारक्याल बैंकिङ क्षेत्रको समस्या समाधान गर्ने समितिमा



काठमाडौं १७ फागुन । समस्या अायो समाधानका लागि कुनै विज्ञ वा सबैले मान्दै अाएका ठूलाबडाको सुझाव लिने परम्परा नेपालीको हो । तर, नेपालीमा त्यो शैली फेरिएको छ ।  कुरो  बैंकिङ क्षेत्रमा देखिएको समस्या समाधानका लागि बनेको संसदीय उपसमिति हो । जस्मा विभिन्न विवादमा फसेका एक व्यक्ती राजनितिक पहुँचकै अाधारमा सो समितिमा समेटिन पुगेका छन्  । विवादमा मुछिएका सांसद ल्यारक्याल लामासहितको संसदीय उपसमिति गठन भएको छ ।

व्यवस्थापिका सांसद अन्तगर्ततको अर्थ समितिको मंगलबार बसेको बैठकले यस्तो कमिटि गठन गरेको हो । ल्यारक्यालले बैंक लकरभित्र बन्दुक  र गोली राखेको भेटिएपछि उनी ठूलो विवादमा तानिएका थिए । अकुत सम्पत्ति कमाएको आरोपमा अख्तियारले लामाको नेपाल इन्भेष्टमेन्ट बैंकमा भएको लकर खोल्दा गोली भेटिएको थियो । तर, लामालाई अदालतले सफाई दिइसकेको छ ।  लामालाई एमाले नेता झलनाथ खनालले आफु प्रधानमन्त्री हुँदा अर्थराज्यमन्त्रीसमेत  हुन पुगेका थिए ।

को को छन समितिमा

अर्थ समितिमा डा. रामशरण महत, भरतमोहन अधिकारी, सुरेन्द्र पाण्डे र शक्ति बस्नेतलगायतका नेताहरु   छन् । मंगलबार अर्थ समितिले गठन गरेको उपसमितिमा सांसदहरु दिपक कुईँकेल, ल्यारक्याल लामा , सीपी मैनाली, गोपाल दहित, ओमदेवी मल्ल ठकुरी र रेवतीरमण भण्डारी छन् । तर, पछिल्लो पटक बनेको यो समिति हेर्दा विज्ञ भन्नेहरु कम छन् ।

प्रकाशित : १७ फाल्गुन २०७३, मंगलवार ०९:४८