सनराइज बैंक झापाको दमकमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सनराइज बैंक झापाको दमकमा



काठमाडौं, १७ फागुन । सनराइज बैंक लिमिटेडले झापा जिल्लाको दमक नगरपालिका वडा नं. १० स्थित गोर्खा डिपार्टमेन्ट स्टोरको भवनमा नयाँ शाखा स्थापना गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन् मंगलबार एक कार्यक्रमका बीच दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल र बैंकका नायव महाप्रबन्धक अपछ कुमार यादवले संयुक्त रूपमा गरे ।

यस शाखाको स्थानान्तरणबाट बैंकले आफ्ना समस्त ग्राहकहरुलाई थप विस्तारित एवं सर्वसुलभ बैंकिङ्ग सेवाहरु पु¥याउन सक्षम हुनेमा विश्वास लिएको छ । उक्त शाखाबाट ग्राहकहरुलाई लकरसेवा समेत उपलब्ध गराइएको छ ।
बैंकले नेपालभर ६८ वटा शाखा र ७३ वटा एटिएमद्वारा ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । यो दमक शाखा संगै विराटनगरदेखि पूर्व नेपालको क्षेत्रमा बैंकको १२ वटा शाखाहरुले ग्राहकहरुमा सेवा प्रदान गर्दै आएको छ । बैंक बुधबारेमा अर्को शाखा खोल्ने तयारीमा जुटेको छ । वि. पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, चितवन मेडिकल कलेज नारायणगढ र मलेसिया भि.एल.एन. काठमाडौंमा एक्स्टेन्सन काउन्टर तथा देशका विभिन्न स्थानहरुमा १३ वटा शाखा रहित बैंकिङ्ग सेवा संचालनमा रहेका छन् ।

प्रकाशित : १७ फाल्गुन २०७३, मंगलवार १०:०५