न्यु रोडमा प्रभु इन्स्योरेन्सको शाखा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

न्यु रोडमा प्रभु इन्स्योरेन्सको शाखा



काठमाडौं १९ फागुन । प्रभु इन्स्योरेन्सले काठमाडौको न्यु रोडमा आफ्नो शाखा संचालनमा ल्याएको छ । बीमाको दायरालाई फराकिलो पार्दै लैजाने उद्देश्य अनुरुप कम्पनीले नयाँ शाखा संचालनमा ल्याएको हो । उक्त शाखाको बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाँईले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा अध्यक्ष चापागाँईले बीमा कम्पनीहरुले आफ्नो दायरा फराकिलो बनाउँदै नयाँ/नयाँ बीमा सेवाहरु प्रदान गर्न सुझाव दिएका छन् । हालसम्म जनसंख्याको ५÷७ प्रतिशत जनताले मात्र बीमा सेवा प्राप्त गरेकोले दुर्गम क्षेत्रमा सेवा बिस्तार गर्न व्यवसायीहरुलाई आग्रह गरेका छन् । उक्त शाखा स्थापनासँगै कम्पनीको शाखा संख्या २० पुगेको छ ।

सोही कार्यक्रममा कम्पनीका उपाध्यक्ष राजेन्न्द्र मल्लले शाखा कार्यालय स्थापनाबाट यस क्षेत्रका ग्राहकवर्गहरुलाई प्रभावकारी रुपमा स्तरिय सेवा सुविधा प्रदान गर्ने बताए । आगामी दिनमा कम्पनीको पूँजी बृद्धि गर्दै लैजाने योजना अनुरुप कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद जारी गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए । हाल कम्पनीको चुक्ता पूँजी ३८ करोड ५० लाख रुपैयाँ रहेको छ ।

कम्पनी चालू आर्थिक वर्षको अन्त्यसम्ममा चुक्ता पूँजी बृद्धि गर्दै १ अर्ब रुपैयाँ पुर्याउने समेत उनले जानकारी दिए । हाल कम्पनीको रिजर्भ कोषमा ३५ करोड रहेको र ५ वटा कृषि शाखाहरुबाट कृषि बीमा बढाउँदै लगिने समेत उनको भनाइ थियो ।

स्थापना भएको नयाँ शाखाबाट अत्याधुनिक बीमा व्यवस्थापन, सफ्टवयर मार्फत बीमालेख जारी तथा बीमितहरुलाई दावी भुक्तानी गर्न सहज हुने जानकारी दिइएको छ । यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य, कम्पनीका कर्मचारीहरु लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित : १९ फाल्गुन २०७३, बिहीबार ०६:४८