अब वल्र्डलिंकको सेवा छानीछानी लिन पाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अब वल्र्डलिंकको सेवा छानीछानी लिन पाइने



काठमाडौं  १९ फागुन । वल्र्डलिंक कम्युनिकेसन्सले अब ग्राहकले आफैंले रोजेर कति इन्टरनेट कुन मूल्यमा लिने भनेर छान्न पाउने सुविधाउपलब्ध गराएको छ । ग्राहकले वल्र्डलिंकमा एक कलफोन गरेर प्रतिनिधिलाई घरमै बोलाउन सक्ने छन् । वल्र्डलिंकका प्रतिनिधिले ग्राहकको घरमै पुगेर उनीहरुले चाहे अनुसारको इन्टरनेट फाइबरबाट उपलब्ध गराउने छन् । वल्र्डलिंक आफ्नै हो नाम दिइएको प्रबर्धन योजनामा ग्राहकले वल्र्डलिंक फाइबर जडानमा सत प्रतिशतसम्म छुट र तीन महिनासम्म आइपिटिभी निशुल्क पाउने छन् ।

आइपी टिभी नेपालमा पछिल्लो पटक भित्रिएको टिभी हेर्ने नयाँ प्रविधि हो । यस प्रविधिबाट ग्राहकले इन्टरनेटको केबुलकै माध्यमबाट टिभी हेर्न पाउने छन् । यस्तो प्रविधिबाट प्रसारण हुने टिभीमा ग्राहकले एक साता अगाडिको कार्यक्रमसमेत हेर्न सक्छन् । आइपी टिभीको प्रसारण गुणस्तरीय हुन्छ। वल्र्डलिंकले २१ बर्षदेखि इन्टरनेट र कर्पोरेट ग्राहकलाई डाटा सेवाप्रदानगर्दै आएको छ । कम्पनीका देशभर ६० हजारभन्दा बढी ग्राहक छन् ।

प्रकाशित : १९ फाल्गुन २०७३, बिहीबार १०:३७