सेन्चुरीले सगरमाथा फाइनान्स किन्नुको यस्तो छ रहस्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सेन्चुरीले सगरमाथा फाइनान्स किन्नुको यस्तो छ रहस्य



काठमाडाै २० फागुन । दुुई विकास बैंकलाई अक्वायरको प्रक्रिया अन्तिम चरणमा पुुर्याएको देशकै कान्छो वाणिज्य बैंक सेञ्चुरी कमर्सियल बैंकले एक अर्को फाइनान्स कम्पनीसँग समेत अक्वायरको सम्झौता गरेको छ ।

सेञ्चुरीले ललितपुरको पाटनमा केन्द्रीय कार्यालय रहेको सगरमाथा फाइनान्सलाई अक्वायर गर्ने भएको हो । सो सम्बन्धी सम्झौता हालै भएको बैंकले जनाएको छ ।

सेञ्चुरी बैंकले यसअघि इन्नोभेटिभ डेभलपमेन्ट बैंक तथा अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्न सैद्धान्तिक सहमति प्राप्त गरिसकेकोे छ, यी दुुई विकास बैंकलाई अक्वायरको प्रक्रिया अन्तरगत डिडिए रिपोर्ट तयार भइसकेको छ ।

सगरमाथा फाइनान्सको हकप्रद तथा अघिल्लो आर्थिक वर्षको मुनाफा समेतबाट गरी ७८ करोड चुक्तापूँजी रहनेछ ।

हाल सगरमाथा फाइनान्सको १४ वटा (११ वटा सञ्चालनमा रहेको र ३ वटा नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त) शाखा कार्यालयहरु रहेका छन् । त्यसैगरी सो संस्थाले २०७३ पुस मसान्तमा रु. ५.६१ करोड खुद मुनाफा गरेको छ ।

सेञ्चुरी बैंकले सगरमाथा फाइनान्ससहित तीन संस्था प्राप्तिबाट करिब रु. १ अर्ब ५० करोड पूँजी प्राप्त गर्ने छ भने नपुग पूँजी हकप्रद शेयर ज।री गरेर तथा चालु आ.व.को मुनाफाबाट पुर्याउने लक्ष्य लिएको छ ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको चालू आ.व.को दोस्रो त्रैमासमा संचालन मुनाफ्mा रु. ३२ करोड ७४ लाख तथा खुद मुनाफा रु. २२ करोड ३९ लाख रहेको छ । बैंकको खुद मुनाफा गत वर्षको तुलनामा ३९.३० प्रतिशतले र यो वर्षको प्रथम त्रैमास भन्दा २०१.५० प्रतिशतले वृद्धि भएको छ । हाल सेञ्चुरी बैंककोे चुतmा पूँजी रु. ३.६८ अर्ब रहेको छ । त्यसैगरी, चालु आ.व.को दोस्रो त्रैमासमा बैंकले रु. ३२ अर्ब ६८ करोड निक्षेप संकलन गरी २९ अर्ब १ करोड कर्जा प्रवाह गरेको छ ।

प्रकाशित : २० फाल्गुन २०७३, शुक्रबार ०८:११