कुमारीले दिँदैछ डबल अफर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कुमारीले दिँदैछ डबल अफर



काठमाडाै २० फागुन । कुमारी बैंकले आगामी चैत ६ गतेदेखि ५० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । बैंकले हकप्रद निष्काशनको आह्वानपत्र प्रकाशित गर्दै हाल कायम चुक्ता पूँजीको ५० प्रतिशतले हुने एक करोड ३४ लाख ९५ हजार ८३२।६६ कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

यही प्रयोजनका लागि बैंकले आज फागुन २० गतेदेखि बुक क्लोज गरेको छ । गत आर्थिक वर्षको कमाईबाट बैंकले २१ प्रतिशत बोनस पनि प्रस्ताव गरेको छ । प्रस्तावित बोनस तथा हकप्रदका लागि बैंकले एकै पटक सेयरधनी पुस्तिका बन्द गरेको हो । चैत छ गतेदेखि खुल्ने हकप्रदमा लगानीकर्ताले बैशाख १० गतेसम्ममा आवेदन गर्न सक्नेछन् ।

हाल बैंकको २ अर्ब ६९ करोड ९१ लाख रुपैयाँ चुक्तापूँजी रहेको छ । कुमारीले काष्ठमण्डप, महाकाली, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई एक्वायर गर्ने सम्झौता गरिसकेको छ ।

प्रकाशित : २० फाल्गुन २०७३, शुक्रबार ०८:३९