सेयरबाट मालामाल बन्ने ७ सूत्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सेयरबाट मालामाल बन्ने ७ सूत्र



स्टक मार्केट(सेयर बजार)मा लगानी गर्न धेरै मानिस डराउँछन । भनिन्छ कि अरुतर्फको लगानीको तुलनामा शेयरमा लगानी निकै जोखिमपूर्ण हुन्छ । तर जोखिमसँगै यसमा फाइदा पनि ज्यादा हुन्छ । प्राय राम्रो योजना नबनाई लगानी गर्दा मानिसहरुले सेयरमा लाखौं गुमाउनु परिरहेको छ । तपाईंलाई हामी केही विज्ञहरुको सहयोगमा यस्तै ७ तरिकाबारे बताउन गइरहेका छौ, जसलाई पछ्याएर तपाईंले सुरक्षित लगानी गर्न सक्नुहुन्छ र सेयरबाट मालामाल बन्नसक्नुहुन्छ ।

१.वर्तमान अवस्था हेरेर मात्र लगानी गर्नुहोस् सेयर बजारमा लगानी गर्नुअघि बजारको मौजुदा अवस्थाको बिषयमा ध्यान दिनुहोस् । बजारमा भइरहेको उच्च खरिदारीबाट हौसिएर लगानी गर्ने भूल नगर्नुहोस् । धेरै कारोबार भयो भन्दैमा धेरै खरिदारी गर्नतर्फ लाग्नुभयो भने डूब्ने अवस्था आउनसक्छ । यदि खरिदारीको मौसम चलिरहेको छ भने कम मूल्यको सेयर खरीद गर्नुहोस् र त्यसमा नजर बनाइराख्नुहोस् । र, एउटा निश्चित लक्ष्य तय गरेर त्यसलाई बिक्री गर्नुहोस् ।

२.ज्यादा नाफाका लागि चाँडै बिक्री नगरौं बजारको एउटा निश्चित नियम हुन्छ । आफ्नो सेयरको बिक्री आफ्नो टार्गेट समयको हिसाबबाट गर्नुहोस । अधिकांश समय लगानीकर्ता थोरै फाइदा आउनेबित्तिकै सेयर बिक्रीको हतारो गर्छन । जस्तो यदि तपाईले आज १५० रुपैयाँ प्रति कित्ता पर्ने कुनै सेयर खरीद गर्नुभयो र त्यसको मूल्य बढेर भोलिपल्टै २०० रुपैयाँ पुग्यो भने ५० रुपैयाँको लोभले त्यसलाई तत्काल नबेच्नुहोस् । विज्ञका अनुसार कमसेकम जुन कम्पनीको सेयर खरीद गर्नुभएको छ, त्यसको पछिल्लो दुई त्रैमासको रिजल्ट हेर्नुहोस्, यदि कम्पनीको मार्जिन राम्रो छ भने यस्तो सेयरमा तपाई अझै केही दिन पर्खदा उचित हुन्छ ।

 ३.लामो इतिहास देखेर नहडबडाउनुहोस् कुनै समय कम्पनीहरुको लामो समयसम्म पनि कारोबार राम्रो हुँदैन । यस्तो अवस्थामा कतिपय मानिस कम्पनीले लामो समयसम्म राम्रो परफम गरेन भनेर अत्तालिने काम गर्छन, यस्तो अवस्थामा लगानी गर्नुहुँदैन भन्ने धेरैको सोंच हुन्छ । तर यथार्थ यस्तो होइन । विभिन्न सर्वेक्षणहरुका अनुसार बजार अर्थतन्त्रको गति अनुसार चल्छ । अर्थतन्त्रसँग सम्बन्धित नीति, रणनीतिले समेत बजारमा प्रभाव परिरहेको हुन्छ, देशको राजनीतिक उतारचढावको असर पनि पूँजीबजारमा परिरहेकै हुन्छ । कुनै पनि कम्पनीको इतिहास राम्रो रहेन भनेर तपाईंले त्यसको सेयर बिक्री गरे त्यसबाट तपाईंले घाटा व्यहोर्नुपर्ने हुनसक्छ, कारण वर्तमान समयमा सो कम्पनीले राम्रै परफम गरिरहेको हुनसक्छ ।

४.कुनै घटनाकै कारण बिक्रीको हतारो नगर्नुहोस् कुनै–कुनै बेला बजारमा खास कारण तथा घटनाले हलचल पैदा हुनसक्छ । यस्तो अवस्थामा यही घटनाका कारण संभावना देखिएको भन्दै कतिपय लगानीकर्ता सेयर खरीद गर्न अग्रसर हुनसक्छन, कारण कुनै खास दिन त्यस्तो सेयरको मूल्यमा ह्वात्तै बढोत्तरी हुनसक्छ । तर कुनै पनि घटना स्थायी हुँदैन । यसको अर्थ सेयरमा समेत त्यस्तो घटनाको असर निश्चित समयसम्म मात्र हुन्छ । यस्तोमा लगानी भन्दा पहिला घटनाको प्रवृतिको बिषयमा ध्यान दिएर विश्लेषण गर्नुहोस् र बुद्धिमतापूर्वक खरीद गर्ने काम गर्नुहोस् ।

 ५.हल्लाको पछि नलाग्नुहोस् बजारमा लगानी गर्ने क्रममा अधिकांश समय लगानीकर्ता हल्लाको पछि कुद्ने गरेका देखिएको छ । यस्तै हल्लै हल्लामा लागेर सेयर खरीदबिक्री भइरहेको हुन्छ । यस्तो काम भूलेर पनि गर्नुहुन्न । विज्ञका अनुसार हरेक लगानीकर्ताको पोर्टफोलियो अलग हुन्छ । मानौ कि वाणिज्य बैंकको सेयरमा खूबै हलचल पैदा भइरहेको छ, र वाणिज्य बैंकको सेयरमै खरिदारी बढिरहेको छ भने यस्तो अवस्थामा तपाईंको पोर्टफोलियोमा रहेको बैंकको सेयरले कस्तो प्रदर्शन गरिरहेको छ त्यसमा ध्यान दिनुहोस् । त्यसपछि मात्रै खरीदको निर्णय लिनुहोेस् ।

६.पोर्टफोलियोको विविधिकरण गर्नुहोस् लगानीबाट राम्रो रिटर्न पाउनका लागि आफ्नो पोर्टफोलियोलाई विविधिकरण गर्न अत्यन्त जरुरी हुन्छ । चर्चित लगानीकर्ताहरुले समेत यो सत्य स्वीकार गरेका छन् कि लगानीकर्ताले लगानी गर्दा एकैखालको कम्पनीको सेयरमा मात्र थुप्रिनु हुन्न । आफ्नो पोर्टफोलियोलाई विविधिकरण गर्नुपर्छ । यो प्रक्रियाले कुनै एउटा सेयरमा तपाईंलाई घाटा भए अर्कोमा भएको नाफाले त्यो घाटा कभर हुनसक्छ र तपाईंको व्यवसाय सन्तुलित हुन्छ ।

 ७.खरीदमा होइन, नाफामा बढी ध्यान विज्ञहरुका अनुसार लगानीकर्ताले नयाँ सेयर खरीदमा भन्दा पुरानो सेयरमा कस्तो नाफा भइरहेको छ भन्नेमा बढी ध्यान केन्द्रीत गर्नुपर्छ । भारतका चर्चित सेयर खेलाडी राकेश झुनझुनवालाको सूत्र अनुसार कयौ समय यस्तो देखिन्छ कि लगानीकर्ताले ध्यान नदिंदा आफ्नो पोर्टफोलियोमा रहेको कुनै सेयरमा नसोचेको घाटा भइरहेको हुन्छ, फेरि हतारिएर कमजोर सेयरमा खरीद गर्दा लगानी पूरै डूब्न सक्छ । पहिलाको सेयरमा घाटा भइरहेको देखी–देखी समेत कतिपयले आँखा बन्द गरेर खरिदारीतर्फ नै जोड दिइरहेका हुन्छन्, यसो गर्नु महाभूल हो । बरु घाटा भइरहेको सेयरलाई कसरी सल्टाउने वा के गर्ने भन्ने बिषयमा परिपक्व रणनीति बनाउनुहोस्, अनि मात्र नयाँ खरिदारीको बिषयमा सोच्न थाल्नुहोस् । बिजसाला

प्रकाशित : २१ फाल्गुन २०७३, शनिबार ०८:१६