जनतामा मर्ज हुन लागेको सिद्धार्थ डेभलपमेन्टले ६० प्रतिशत हकप्रद दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

जनतामा मर्ज हुन लागेको सिद्धार्थ डेभलपमेन्टले ६० प्रतिशत हकप्रद दिने



काठमाडौं, २२ फागुन  । जनता बैंकसँग मर्जमा जान लागेको सिद्धार्थ डेभलपमेण्ट बैंकले लगानीकर्तालाई १० बराबर ६ को अनुपातमा अर्थात ६० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंकले हकप्रद निष्काशनको अनुमतिका लागि नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

बैंकको मंसिर २४ गते भएको साधारणसभाले हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो । शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बैंकले यसअघिनै नबिल इन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त गरेको छ ।

हाल बैंकको चुक्ता पूँजी १ अर्ब ४१ करोड रुपैयाँ छ । बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई २४ प्रतिशत बोनस वितरण गरेको थियो । हकप्रद जारीपछि बैंकको चुक्ता पूँजी २ अर्ब २७ करोड पुग्नेछ ।

प्रकाशित : २२ फाल्गुन २०७३, आईतवार १६:०७