सिभिलसँग हामा र युनिक गाभिने निश्चित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सिभिलसँग हामा र युनिक गाभिने निश्चित



काठमाडाै २२ फागुन । सिभिल बैंक लिमीटेडमा हामा मर्चेण्ट एण्ड फाईनान्स लिमीटेड र युनिक फाईनान्स लिमीटेड प्राप्ति गर्ने सम्बन्धमा आईतबार अन्तिम सम्झौता भएको छ ।

सम्झौतामा सिभिल बैंकका अध्यक्ष ई. इच्छाराज तामाङ्ग, हामा मर्चेन्ट एण्ड फाईनान्स लिमिटेडका अध्यक्ष राजन कृष्ण श्रेष्ठ र युनिक फाईनान्स लिमिटेडका अध्यक्ष डा. विनोदबहादुर खत्रीले संयुक्त रुपमा हस्ताक्षर गरे । प्राप्तिपछि बैंकको नाम सिभिल बैंक नै रहने तथा बंैकको हालकै संचालक समिति एवं उच्च व्यवस्थापन यथावत हुने बताइएको छ ।

यी तीन संस्थाहरुले हालसम्ममा ३३ अर्ब ६३ करोड निक्षेप संकलन एवं ३१ अर्ब ६८ करोड कर्जा लगानी गर्न सफल भएका छन् । प्राप्तिपछि सिभिल बैंक लिमिटेडको चुक्ता पूँजी रु.५ अर्ब ५ करोड पुग्नेछ भने यस बैंकको शाखा संख्या ५३ पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताए ।

ती दुवै संस्थाको प्राप्ति र आ.व.२०७२/७३ को मुनाफाबाट बोनस सेयर जारी गरेपछि कायम हुन आउने चुक्ता पूँजीको २० प्रतिशतले हकप्रद सेयर जारी गर्ने र नपूग रकमका लागि थप प्राप्ति, मर्जरमार्पmत गई नेपाल राष्ट्र बैंकको मौद्रिक नीति तथा परिपत्र बमोजिम २०७४ असार मसान्तभित्र न्यूनतम चुक्तापूँजी रु. ८ अर्ब पुर्याउने बैंकले जनाएको छ ।

प्रकाशित : २२ फाल्गुन २०७३, आईतवार १६:३०