इन्धन खरिद–बिक्री सम्झौता नविकरण पछि नेपाललाई करिब ७ अर्ब फाइदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

इन्धन खरिद–बिक्री सम्झौता नविकरण पछि नेपाललाई करिब ७ अर्ब फाइदा



काठमाडौं  २४ फागुन  । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) बीच हुन लागेको इन्धन खरिद–बिक्री सम्झौता नविकरणमा नेपाललाई करिब सात अर्ब फाइदा हुने भएको  छ । आइओसी र निगमका अधिकारीबीच काठमाडौंमा सोमबार भारतीय पक्ष पेट्रोलियम पदार्थको नाफा कम गर्न, नेपाललाई नजिकको मुजफ्फरपुरबाट ग्यास दिन सहमत भएको हो । नाफा अनुपात (प्रोफिट मार्जिन) घटाउँदा बार्षिक करिब पाँच अर्ब रुपैयाँ र रक्सौल नजिकको मुजफ्फरपुरबाट गयास लोड दिँदा करिब दुई अर्ब रुपैयाँ कम खर्च लाग्ने निगमले जनाएको छ ।

भारतले फेरि नेपालम इन्धन आपूर्ति रोके पनि क्षतिपूर्ति दिनुपर्ने निगमको मागमा भारतीय पक्ष टसमस भएको छैन । निगमले आइओसीबाट बार्षिक करिब एक खर्ब २० अर्ब रुपैयाँको इन्धन आयात गर्दै आएको छ । आजको नागरिकमा

प्रकाशित : २४ फाल्गुन २०७३, मंगलवार ०५:१९