बैंकलाई प्रधानमन्त्रीको सुझाव- मूल्यमा आधारित सेवा प्रवाह गर्नुस् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बैंकलाई प्रधानमन्त्रीको सुझाव- मूल्यमा आधारित सेवा प्रवाह गर्नुस्



काठमाडौं, फागुन २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपालका बैंकहरुलाई मूल्यमा आधारित जनमूखि सेवा प्रवाह गर्न आव्हान गरेका छन् । काठमाडौंमा आायोजित ग्लोबल एलाईन्स फर बैंकिङ अन् भ्यालुज सम्मेदनको उद्धघाटन गर्दै उनले सो आव्हान गरेका हुन् ।

दाहालले भने, दीर्घकालिन विकास र समृद्धिको लागि बैंकले महत्वपूर्ण भूमिका खेल्न सक्छ । तर त्यसका लागि बैंकहरु जिम्मेवार, उत्तरदायी र मूल्यमान्यतामा आधारित सेवा प्रभाव गर्न तयार हुनु पर्दछ । उनले थपे, मूल्यमा आधारित सेवा प्रभाव गर्दा चुनौती र खतराहरु धेरै छन् । तर त्यसका लागि ठीक योजना तयार गरियो भने मात्र काम गर्न सकिन्छ । बढी भन्दा बढी जनता र समुदायसम्म पारदर्शिता, सामाजिक दायित्व र सेवा भावले बैंकहरु पुग्न सके मात्रै यस प्रकारका सम्मेलनको उपादेयता देखिने उनको विचार थियो ।

सोही कार्यक्रममा बोल्दै राष्ट्र बैंकका गर्भनर चिरञ्जीवि नेपालले नेपालमा वित्तीय उदारताको विकास बारे चर्चा गर्दै अहिले नयाँ चरणका प्रवेश गरेको बताए । बैंकिङ मूल्यहरुलाई केन्द्रमा राख्दै सेवा प्रवाह गर्ने वित्तीय संस्थालाई सधैं सहयोग गर्ने नीति केन्द्रिय बैंकको रहेको जानकारी गराए । समाज विकास र वातावरणीय संरक्षणलाई समेत ध्यानमा राख्दै बैंकिङ सेवा प्रवाह गर्न यस्ता कार्यक्रमहरुले थप उत्साह थप्ने उनको धारणा छ ।

सो कार्यक्रममा संयुक्त राष्ट्र संघ, वातावरण विभागका उपकार्यकारी निर्देशक इब्राहिम थिवाको सन्देश वाचन गरेर सुनाईएको थियो । उक्त सन्देशमा उनले नेपालको ग्रामीण क्षेत्रमा समेत बैंकिङ सेवा विस्तार हुँदै गरेको सुन्दा आफूलाई खुसी लागेको उल्लेख गरेका थिए ।

प्रकाशित : २४ फाल्गुन २०७३, मंगलवार ०९:५६