नेप्से परिसुचक १६ दशमलव ८५ अंकले ओरालो लाग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेप्से परिसुचक १६ दशमलव ८५ अंकले ओरालो लाग्यो



काठमाडाै २४ फागुन । मंगलवार नेप्से परिसुचक १६ दशमलव ८५ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ३ सय ४१ दशमलव ५६ अंकमा झरेर बन्द भएको हो ।

कारोवारमा आएका सवै समुह ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । आज कारोवारमा आएकामध्ये वीमा समुहको परिसुचक सवैभन्दा बढी ७४ दशमलव ५७ अंकले घटेको छ । त्यस्तै होटल ४२ दशमलव ४४, बैंकिङ समुह १९ दशमलव ८, विकास बैंक १४ दशमलव ८२ र उत्पादन ७ दशमलव ४५ अंकले ओरालो लागेको छ ।

त्यस्तै जलविद्युत ७ दशमलव ३, अन्य २ दशमलव ८९ र फाइनान्स समुह ० दशमलव ६३अंकले घटेको छ । मंगलवार १ सय ४० ओटा कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको ७ लाख ९४ हजार कित्ता सेयरबाट ४१ करोड ९६ लाखको कारोवार भएको छ ।

प्रकाशित : २४ फाल्गुन २०७३, मंगलवार ११:५५