फेसबुकले ल्याउदै छ नयाँ बिशेषता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

फेसबुकले ल्याउदै छ नयाँ बिशेषता



एजेन्सी २५ फागुन । फेसबुकले अब त्यो विशेषता ल्याउँदैछ जसलाई तपाईंले वर्षौंदेखि कुरिरहनुभएको थियो । तपाईं पनि ती प्रयोगकर्तामध्येको एक हुनुहुन्छ जसले फेसबुकमा ‘डिसलाइक’ बटन चाहनुहुन्छ भने तपाईंको इच्छा चाँडै नै पुरा हुने भएको छ । यद्यपी, यो डिसलाइक बटन फेसबुकको न्यूज फिडमा नभई मेसेन्जरमा हुनेछ ।

टेक क्रन्चको रिपोर्ट अनुसार मेसेन्जरमा डिसलाइक बटनको टेस्टिङ भइरहेको छ । जसरी फेसबुकले कुनै पोष्टमा जस्तो Love, Haha, Wow, Sad  र Angry को रियाक्सन दिन्छ, त्यसरी नै मेसेन्जरमा पनि लाइक, डिसलाइक, हार्ट–आइस, Love, Haha, Wow, Sad  र Angry इमोजी संलग्न हुनेछन् ।

मेसेन्जरमा जुन मेसेजमा तपाईंले रियाक्सन दिनुहुन्छ त्यो मेसेजमा थोरै बेरसम्म दबाएर राख्नुपर्ने हुन्छ । डिसलाइकको सबैभन्दा धेरै प्रयोग ग्रुप च्याटको क्रममा हुनसक्ने बताइर्एको छ ।

प्रकाशित : २५ फाल्गुन २०७३, बुधबार ०४:५१