आईएमईले गर्यो क्षेत्रीलाई सम्मान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

English

आईएमईले गर्यो क्षेत्रीलाई सम्मान



काठमाडौ २७ फागुन । कतार स्थित रिया मनी ट्रन्सफरको संजालमा आवद्ध नेशनल एक्सचेन्जबाट आईएमई मार्फत् पैसा पठाउँदा निसान सन्नी ब्राण्डको गाडी उपहार स्वरूप प्राप्त  गरेका ज्ञानबहादुर क्षेत्रीलाई आईएमईले सम्मान गरेको छ । क्षेत्रीले गतमहिना नेपाली रुपैयाँ १ लाख २० हजार रुपन्देहीस्थित  घरमा पठाएका थिए । बुटवलस्थित आईएमईको व्यावसायीक साझेदार संस्था तिनाउ विकास बैंकबाट उक्त रकम  भुक्तान भएको कम्पनीले जानएको छ ।

आईएमईमा कार्यरत कर्मचारीहरुको उपस्थितीमा आईएमई केन्द्रीय कार्यालय पानी पोखरीमा वरिष्ठ प्रवन्धकद्वय रुद्रराज पौडेल र खिलेन्द्र पौडेलले संयुक्त रूपमा क्षेत्रीलाई सम्मान गरे । स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १६औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी ७५ जिल्लाका ५,७०० सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत विदेशमा कार्यरत नेपालीहरुले दःुख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो,विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

प्रकाशित : २७ फाल्गुन २०७३, शुक्रबार ०९:५८