एनएमबी बैकमा सुनिल केसी अाए , उपेन्द्र पौड्याल गए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनएमबी बैकमा सुनिल केसी अाए , उपेन्द्र पौड्याल गए



काठमाडौं ३० फागुन  । चैत १ गतेबाट एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत पद सुनिल केसीले सम्हाल्ने भएका छन् । तत्कालिन सिईओ उपेन्द्र पौड्यालको कार्यकाल आजबाटै  सकिए पछि भोलीबाट सो पद उनले सम्हाल्न लागेका हुन् ।

बैंकिङ क्षेत्रमा लामो अनुभव भएका केसी ९ वर्ष अघि नायव महाप्रवन्धकको रुपमा एमएमबी बैंक प्रवेश गरेका थिए । उनले सन् २०१० देखि नै एनएमबी बैंकमा डेपुटी सिइओको पद सम्हाल्दै आएका छन् ।

बैंकिङ क्षेत्रमा राम्रो दख्खल राख्ने केसीलाई केही समय अघि बसेको बैंक संचालक समितिको बैठकले सीईओ पदमा नियुक्त गरेको हो । झण्डै २७ वर्ष बैंकिङ क्षेत्रमा विताएका केसी एनएमबीभन्दा अघि स्ट्याण्डर्ड चाटर्ड बैंकमा कार्यरत थिए ।

प्रकाशित : ३० फाल्गुन २०७३, सोमबार ११:३८