इटहरा साकोसको २० औं स्थापना दिवस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

इटहरा साकोसको २० औं स्थापना दिवस



मोरङ २ चैत । इटहरा साकोस मोरङले आफ्नो २० औं स्थापना दिवस  मंगलबार सम्पन्न गरेको छ । संस्थाले स्थापना दिवसको अवसर पारेर सोही दिन सामाजिक उत्तरदायित्व क्रियाकलापअन्तर्गत बृहत रक्तदान, जेष्ठ नागरिक सम्मान, अपाङ्ग सदस्य सम्मान कार्यक्रम लगायत विभिन्न विधामा उत्कृष्ट सदस्यहरुलाई सम्मान गरेको छ । कार्यक्रमको उद्घाटन नेफ्स्कूनका अध्यक्ष डिवी बस्नेतले गरेका थिए ।

कार्यक्रम उद्घाटन सत्रलाई संवोधन गर्दै अध्यक्ष बस्नेतले सहकारी संस्था सञ्चालनमा अपनाउनुपर्ने सहकारीका निश्चित विधि, सिद्धान्त र मुल्य मान्यताको अक्षरश पालना गर्दै इटहरा साकोस एउटा सफल संस्थाको रुपमा अगाडि बढिरहेको प्रशंङ्ग औल्याउँदै आगामी दिनमा सदस्यहरुको सन्तुष्टीलाई ध्यान दिदैं व्यावसायिक र उत्पादनमुलक क्षेत्रमा अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

विशिष्ट अतिथिको आतिथ्यता ग्रहण गर्नुभएका संस्थाका सल्लाहकार एवं नेफ्स्कूनका कोषाध्यक्ष केशवप्रसाद पोख्रेलले सहकारीको वित्तीय व्यवस्थापनलाई सवल बनाउन प्रभावकारी वित्तीय योजना निर्माणसँगै संस्थाको संकलित पूँजीको व्यवस्थित परिचालनमा जोडदिनुपर्ने बताए

प्रकाशित : २ चैत्र २०७३, बुधबार ०५:४७