एनसेलले चोर्यो प्राधिकरणको माइन्यूट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनसेलले चोर्यो प्राधिकरणको माइन्यूट



काठमाडौं  । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणका सबै सूचना र अहिलेसम्म भएका सबै निर्णयका माइन्यूटका फोटोकपि निजी क्षेत्रको मोवाइल कम्पनी एनसेलमा पुगेको छ ।


आजको दृष्टि साप्ताहिकमा खबर छ– प्राधिकरणका कम्पनि सचिव कैलास प्रसाद न्यौपाने नै  एनसेलमा मासीक चार लाख  तलब खानेगरि  काम गर्न गइसकेका छन् ।  प्राधिकरणमा हुँदा पनि एनसेलका एजेन्टका रुपमा काम गर्दै आएका  न्यौपानेले केही महिना देखि राजिनामा दिएर एनसेलमा जागिर खान थालेका छन् । न्यौपानेले प्राधिकरणको कम्पनी सचिव भएदेखिका सबै बोर्ड बैठकका माइन्यूटको फोटोकपी गरी लगेको स्रोतले बतायो ।
प्राधिकरणको कम्पनी सचिवका रुपमा काम गर्दैआएका न्यौपाने एनसेलका एजेन्टका रुपमा काम गर्दै आएका उनी हठात् राजीनामा दिएर जानुले पुष्टी गरेको स्रोतले बतायो । नियामक निकायमा लामो समय कम्पनी सचिव भएका न्यौपानेलाई एनसेलले मागेजति सुविधा दिने भएपछि उनले राजीनामा दिएका थिए । राजीनामा दिएका  केही समयपछि नै उनी एनसेलमा काम गिर्न थालिसकेका छन् ।
जुन नियामक निकायको उच्चतहमा काम गरिसकेका अधिकारीलाई सोही क्षेत्रको निजी कम्पनीमा जागिर खान कानुनी बन्देज नै लगाउनुपर्ने दूरसंचार प्राधिकरणका एक अधिकारीले बताए ।

प्रकाशित : ८ असार २०७२, मंगलवार ०५:३४