रिलायवलको १ः१ को हकप्रद प्रस्ताव खारेज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

रिलायवलको १ः१ को हकप्रद प्रस्ताव खारेज



काठमाडौं  २ चैत । रिलायवल डेभलपमेन्ट बैंकले जारी गर्न लागेको हकप्रद सेयर खारेज भएको छ । बैंकको आज भएको बैंकको विशेष साधारण सभाले उक्त प्रस्ताव खारेज गरेको हो । बैंकले अघिल्लो आर्थिक वर्षको साधारण सभाबाट १ बरावर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो । तर, केही समय अघि ग्लोबल बैंकसँग एम्विजिशनमा जाने सहमति भएसँगै आज भएको विशेष साधारण सभाले उक्त हकप्रदको प्रस्ताव खारेज गरेको हो । तर, बैंकले आफ्ना सेयर धनीलाई २८ दशमलव १४ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ ।

रिलायवले हकप्रद खारेज गर्दै ग्लोवलसँग एक्विजिशनमा जाने प्रस्ताव पारित गरेको छ । यससँगै ग्लोवल आईएमई बैंकलाई रिलायवल खरिदका लागि सहज भएको छ ।

साधारणसभामा बैंक संचालक समितिका अध्यक्ष राधेश्याम अधिकारीले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार २०७४ असार मसान्त सम्ममा तोकिएको चुक्ता पूँजी पुर्याउन नसक्ने भएपछि एक्विजिशनमा जानुको विकल्प नभएको बताएका थिए ।

प्रकाशित : २ चैत्र २०७३, बुधबार ११:१८