नेप्से ९ दशमलब ०४ अंकले उकालो लाग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्से ९ दशमलब ०४ अंकले उकालो लाग्यो



काठमाडौँ,२ चैत । बुधबार नेप्से ९ दशमलब ०४ अंकले उकालो लागेको छ । आज कारोबारमा आएका १ सय २६ कम्पनीमा सबै भन्दा धेरै जलविघुत ६२ दशमलव १५ अंकले उकालो लागेको छ । आज इन्स्योरेन्स कम्पनी ३७ दशमलव १७ अंकले , होटेल समुह १४ दशमलव ४ अंकले, बैकिड. समुह ७ दशमलव ६७ अंकले फाईनान्स कम्पनी ५ दशमलव ०३ अंकले, उत्पादन मुलक समुह ३ दशमलव ०१ अंकले , विकास बैँक ० दशमलव ८८ अंकले, र अन्य समुह ६ दशमलव ०७ अंकले उकालो लागेको छ । आज ८ लाख ५५ हजार ५ सय १ कित्ता सेयर बाट ३६ करोड ८९लाख भन्दा मथिको कारोबार भएको छ ।

प्रकाशित : २ चैत्र २०७३, बुधबार ११:१९