चैत १६ र १७ गते एचआर मिटको दशौं संस्करण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

चैत १६ र १७ गते एचआर मिटको दशौं संस्करण



मनिता कार्की ढोली

काठमाडौं २ चैत । काठमाडौंमा चैत १६ र १७ गते एचआर मिटको दशौं संस्करण सुरु हुने भएको छ । मानव संशाधन सबैका लागि र सबैका लागि मानव संशाधन भन्ने नारा सहित यो सम्मेलन हुन गइरहेको हो । सम्मेलनबारे जानकारी दिन आयोजित कार्यक्रममा निजी क्षेत्रका कर्मचारीले पनि ३ घण्टाभन्दा बढि समय राम्ररी काम नगर्ने गरेको जानकारी दिइएको छ ।

‘२ वर्ष अगाडी बैंक, बीमा लगायतका बिभिन्न १ सय ७० निजी क्षेत्रमा हामीले गरेको अध्ययनले यस्तो नतिजा देखाएको थियो,’ सम्मेलनको संयोजक समितिका अध्यक्ष मोहन ओझाले भने । उनले अहिले भने अवस्थामा परिवर्तन हुन थालेको जानकारी दिए । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सन् २००८ ताका पहिलो सम्मेलन शुरु गर्दा नेपालमा ३०/३५ संस्थामा मात्र मानव संशाधन बिभाग रहने गरेकोमा हाल ५ सय बढि संस्थामा यस्तो बिभाग रहेका छन् । त्यस्तै, १३ सय मानव संशाधन अधिकृत व्यवसायिक रुपमा कार्यरत रहेका छन् ।

सम्मेलनको दशौं संस्करणलाई दशौं बार्षिकोत्सवको रुपमा समेत मनाइने भएको छ । यस क्षेत्रमा अन्तराष्ट्रिय स्तरमा पहिचान बनाएका भारतीय विज्ञ डा. टि.भी राव र प्राडा आइएसएफ राजले यस दुई दिनेसम्मेलनको प्रमुख वक्ताको रुपमा रहने छन् । सम्मेलनमा २ सय ५० भन्दा बढिको सहभागिता रहनेछ । सम्मेलनमा निम्बल इनफोसिस र ताइटल स्पोन्सर, डेभ कलेज अफ म्यानेजमेन्ट एशोसिएट पार्टनर र नेपाल टेलिकम प्रायोजकको रुपमा रहेका छन् ।

प्रकाशित : २ चैत्र २०७३, बुधबार ११:४८