सलमान विरुद्ध २ अर्ब ५० करोडको मुद्दा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सलमान विरुद्ध २ अर्ब ५० करोडको मुद्दा



अभिनेता सलमान खान बिरुद्ध हिन्दी फिल्म ‘वीर’ का निर्माता विजय गलानीले २५० करोड रुपैयाँको मानहानी मुद्दा दर्ता गराएका छन् ।
गलानीका अनुसार सलमानले धेरै तनाब दिएपछि उनी बिरुद्ध उजुरी गर्न वाध्य भएका हुन् । उनले आफुलाई सलमानले मानसिक तनाव दिएको र आफ्नो इज्जतमा धावा बोलेको भन्दै मानहानी मुद्दा दायर गरेका हुन् ।


भारतीय समाचार संस्थाले जनाए अनुसार चलचित्र बीर निर्माण गर्दा सलमान र गीलानीविच फिल्मले नाफा कमाएमा सलमानलाई १५ करोड दिने सहमति भएको थियो ।
गलानीले बनाएको फिल्म पछि इरोज ईन्टरटेनमेन्टलाई बेचेका थिए भने सलमान, गलानी र इरोज विच नाफा कमाइ मात्रै १५ करोड दिने सहमति भएको थियो ।
तर, फिल्म असफल भएपछि निर्माण पक्षले सलमानलाई पैसा दिन सकेन । तर, सहमति विपरित सलमान आफुले पैसा नपाएको भन्दै फेडेरशन अफ वेष्टर्न इण्डिया सिने एसोसिएशन र सिने एण्ड टिभी आर्टिष्ट एसोसिएसन पनि पुगे । ति कुनै पनि संस्थाले सलमानको पक्षमा सुनुवाई गरेनन् ।
यही बेला गिलानी आफुलाई सलमानले मानसिक तनाब दिएको भन्दै अदालत पुगे । अहिले अदालतले समेत गिलानीलाई साथ दिएको छ । हेरौं अब सलमान फेरी गीलानीसँग झगडा गर्दै अदालतमा पुग्छन् कि विचैमा कुरो मिलाउँछन्

प्रकाशित : ८ असार २०७२, मंगलवार ०५:३८