खुल्यो कुमारी बैंकको ५० प्रतिशत हकप्रद, कहाँबाट दिने आवेदन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

खुल्यो कुमारी बैंकको ५० प्रतिशत हकप्रद, कहाँबाट दिने आवेदन ?



काठमाडौं, ६  चैत  । कुमारी बैंक लिमिटेडको २ बराबर १ अनुपात अर्थात् ५० प्रतिशत हकप्रद आजबाट बिक्री खुल्ला भएको छ । बैंकको हकप्रदमा बैंसाख १० गतेसम्म आवेदन दिन सकिनेछ ।

बैंकले १०० रुपैयाँ अंकित दरले १ करोड ३४ लाख ९५ हजार ८ सय ३३ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । हाल २ अर्ब ६९ करोड ९१ लाख रुपैयाँ चुक्तापूँजी रहेको बैंकको २ बराबर १ अनुपातको हकप्रद वितरणपछि बैंकको चुक्ता पूँजी ४ अर्ब ४ करोड रुपैयाँ पुग्नेछ ।

हकप्रद शेयरमा फागुन २० सम्मका लगानीकर्ताले आवेदन दिन सक्नेछन् । उक्त हकप्रद शेयरमा सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल र कुमारी बैंकको सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सक्ने जनाएको छ ।

प्रकाशित : ६ चैत्र २०७३, आईतवार ०४:५५