यी हुन क्रेडिट कार्डका खास फाईदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

यी हुन क्रेडिट कार्डका खास फाईदा



क्रेडिट कार्ड राख्ने अर्थात उधारो जिन्दगी जिउने ? हैन हामी यो कुरा गर्दै छैनौँ । प्राय मानिसहरुको सोचाई नै यही हुन्छ । तर यहाँ हामी तपाईलाई खास कुराको बारेमा  जानकारी दिन खोजिरहेका छौँ ।  हामी यहाँ तपाईलाई क्रेडिट कार्ड राख्नको लागि कुनै खास फाइदाको बारेमा बताउदै छौँ  ।

क्यास बैंक


कुनै क्रेडिट कार्ड कम्पनीले खास ब्रान्डको साथमा निश्चित प्रतिशत समेत दिन्छन । भन्नुको अर्थ क्यास लेस पेमेन्ट पनि पाउनुस र बचत पनि पाउनुस् ।

क्रेडिट हिस्ट्री


क्रेडिट कार्डको प्रयोगले तपाई आफ्नो क्रेडिट हिस्ट्री साथमा नै राख्न सक्नु हुन्छ । यसको अर्थ तपाईलाई जानकारीमा रहन्छ की तपाईको कति रुपैयाँ कहाँ खर्च हुन गयो ।

क्यासको झन्झट हुदैन


क्रेडिट कार्डको सबै भन्दा बढी फाइदा यही नै हो की तपाईलाई क्यास बोकेर हिड्ने झन्झट नै हुँदैन । यस्तै बैंकमा ब्यालेन्स छ वा छैन भन्ने चिन्ता क्रेडिट कार्ड हुनेले नलिदा नै हुन्छ ।

इएमआईको विकल्प


तपाईलाई मन लागेको कुनै ठूलो वस्तु किन्नु पर्ने छ ?तर, पैसा छैन भने, तपाईले क्रेडिट कार्डबाट सामान खरिद गरेर  त्यो पैसालाई इएमआई अर्थत किस्तामा पनि परिर्वतन गर्न सक्नु हुन्छ । नेपाल बाहिरका मुलुकमा  क्रेडिट कार्ड मार्फत शुन्य प्रतिशत ब्याजमा इएमआई दिने गर्छन ।

प्रकाशित : ६ चैत्र २०७३, आईतवार ०७:०४