२५ अंकले बढ्यो नेप्से, को को भए मालामाल ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

२५ अंकले बढ्यो नेप्से, को को भए मालामाल ?



काठमाडाै ६ चैत । साताको पहिलो दिन नेप्से परिसुचक  करिब २५ अंकले उकालो लागेको छ । बजार खुलेदेखि नै बढ्न शुरु गरेको नेप्से परिसुचक अन्तमा २४ दशमलमव ८५ अंकले बढ्न पुगेको छ । केही समययता उकालो लाग्न शुरु गरेको नेप्से परिसुचक आइतबार १ हजार ३ सय ८२ अंकमा पुगेर  राेकिएको छ ।

अाइतबार बजारमा सबै समुहका परिसुचक उकालो लागेका छन् । जसमध्ये सबैभन्दा पनि बीमा समुहको परिसुचक उकालो लागेको छ । सो समुहका परिसुचक ३ सय ६७ अंकले बढ्दा लगानीकर्ताले राम्रो आम्दानी गरेका छन् । यसैगरी होटल समुह ६० अंकले बढ्दा जलविद्युत समुहको परिसुचक पनि सोही हाराहारीमा बढ्न पुगेको छ । बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक पनि झण्डै १३ अंकले उकालो लागेको छ ।  बजारमा कारोवार रकम समेत बढेको छ ।  दिनभर १ सय ३६ कम्पनीको १४ लाख ४८ हजार २ सय ४ कित्ता सेयर खरिदविक्री भएको छ ।

बीमा समुहको बाहुल्यता

आइतबार उच्च कारोवार हुने कम्पनीको सुचीमा बीमा समुहको बाहुल्यता रहेको छ । उच्च कारोवार हुने १० कम्पनीमध्ये ५० प्रतिशत हिस्ता बीमाको रहेको छ । उच्च कारोवार हुने कम्पनीको पहिलो स्थानमा नेपाल क्रेडिट एण्ड कमर्श बैंकको ६ करोड १२ लाख रुपैयाँ बरावरको सेयर कारोवार भएको छ ।

प्रकाशित : ६ चैत्र २०७३, आईतवार १०:४१