जलविद्युत्मा लगानी गर्ने दक्षिण कोरियाको इच्छा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

जलविद्युत्मा लगानी गर्ने दक्षिण कोरियाको इच्छा



काठमाडौं ८ चैत। दक्षिण कोरिया सरकारले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्ने इच्छा व्यक्त गरेको छ । विश्वव्यापी जलवायु परिवर्तन र हरित ऊर्जामा ध्यान दिनुपर्ने अवस्थामा दक्षिण कोरियाले नेपाललाई सहयोग गर्ने वचन दिएको हो ।

ऊर्जामन्त्री जनार्दन शर्मा र दक्षिण कोरियाका विद्युत् तथा व्यापार उपमन्त्री हान जीनह्युनबीच सोमबार भएको भेटवार्तामा नेपालको जलविद्युत् क्षेत्रमा कोरियाले लगानी गर्ने वचन दिएको हो ।

विकासको चरम सीमामा पुगेको दक्षिण कोरियाले हरित ऊर्जामा ध्यान दिनुपर्ने भन्ने अन्तर्राष्ट्रिय मान्यतालाई सहयोग गर्नसमेत नेपाल लगानीका लागि उपयुक्तस्थल भएको भन्दै कोरियाली उपमन्त्रीले उपयुक्त आयोजनाको पहिचान गरी जानकारी गराउन आफूलाई आग्रह गरेका हुन ।

दक्षिण कोरिया सरकारले सरकारी तवरबाटै वा निजी क्षेत्रलाई समेत लगानीका लागि प्रेरित गर्ने जानकारी उपमन्त्रीले मन्त्री शर्माले दिए । सार्वजनिक निजी साझेदारीको अवधारणामा पनि काम गर्न सकिने तथा निजी लगानीलाई पनि नेपालमा प्रोत्साहित गर्न सकिने उनको भनाई छ ।

सरकारले त्यसको वातावरण बनाएको भन्दै शर्माले लगानीको सुरक्षा र प्रतिफलका विषयमा समेत निश्चित भएर आउन आफूले आग्रह गरेको बताए । यस्तै, दक्षिण कोरियाको अन्तर्राष्ट्रिय सहयोग संस्था ९कोइका०का तर्फबाट समेत लगानी गर्न सकिने तथा निजी लगानीकर्तालाई समेत स्वागत गरिने मन्त्री शर्माले कोरियाली उपमन्त्री र कोइकाका प्रतिनिधिलाई जानकारी गराए ।

मन्त्री शर्मासँगको भेटमा कोरियाली उच्च सरकारी अधिकारीले नेपाली कामदार इमान्दार र मेहनती भएको भन्दै नेपालीको पेसागत सुरक्षा एवम् अन्य सेवा तथा सुविधाका सम्बन्धमा आफूहरुका तर्फबाट इमान्दार प्रयास गर्ने वचन दिएको जनाइएको छ ।

दक्षिण कोरियामा रोजगार अनुमति प्रणालीमार्फत ३५ हजार नेपाली युवालाई रोजगारी प्रदान गरेको छ । यस्तै, यसैवर्ष थप १० हजार नेपाली युवालाई रोजगारी प्रदान गर्ने जनाएको छ ।

नेपालको जलविद्युत् क्षेत्रमा लगानी जुटाउन भन्दै ऊर्जामन्त्री दक्षिण कोरियाको भ्रमणमा छन् । उनले आइतबार नेपाली समुदायसँग अन्तक्र्रिया गरी लगानीका लागि आग्रह गर्ने जनाइएको छ ।

प्रकाशित : ८ चैत्र २०७३, मंगलवार ०५:२६