दाता सम्मेलन अगाडि ५१ अर्ब रुपैयाँ दिने विश्व बैंकको घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

दाता सम्मेलन अगाडि ५१ अर्ब रुपैयाँ दिने विश्व बैंकको घोषणा



विश्व बैंकले पुननिर्माणका लागि ५० करोड अमेरिकी डलर अर्थात करिब ५१ अर्ब रुपैयाँ सहायता उपलब्ध गराउने भएको छ । बैंकले दाता सम्मेलन भन्दा दुई दिन अघि  सहायता घोषणा गरेको हो ।
यो रकममध्ये करिब २० अर्ब ग्रामीण क्षेत्रमा भवन बनाउन प्रयोग हुनेछ । विश्व बैंकले नेपालका ग्रामीण क्षेत्रमा आफैंले ५५ हजार घर बनाउन यो रकम खर्च गर्ने जनाएको छ । १० अर्ब बजेटमा समावेश हुनेछ  भने बाँकी २० अर्ब  विश्व बैंकका अहिले नै संचालनमा रहेका कार्यक्रमबाट निकालिने छ ।

‘विश्व बैंक नेपाली जनताको आवश्यकता पुरा गर्न सँगै उभिएको छ, बैंकका अध्यक्ष जिम योङ किमले भने, पुननिर्माणँका लागि स्रोत जुटाउन र नेपाललाई भूकम्प अघिकै अवस्थामा फर्काउन बैंक सरकारसँग सहकार्यमा छ । हामी भूकम्प पीडितको सहयोगका लागि सम्भव भएसम्म जस्तोसुकै सहयोग गर्न पनि तयार छौं । विशेषगरी गरिव मानिसहरुको अवासा निर्माण हाम्रो प्राथमिकता हो ।’
विश्व र्बैकको सहयोगमा सरकारले आगामी विहीबारबाट अन्तराष्ट्रिय दाता सम्मेलन गर्देछ ।

प्रकाशित : ८ असार २०७२, मंगलवार १५:२८