अनलाइन डेटिङ गर्नुहुन्छ ? यी ८ कुरा विचार गर्नुस् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अनलाइन डेटिङ गर्नुहुन्छ ? यी ८ कुरा विचार गर्नुस्



एजेन्सी । अहिलेको विश्व इन्टरनेटको जालोमा बेरिएको छ । इन्टरनेटको प्रयोगले मानिसलाई विश्वका हरेक कुनाको अवस्ताबारे जानकारी दिनुका साथै हरेक ठाऊँका मानिससँग मित्रता समेत गास्ने मौका दिएको छ । मानिसहरू इन्टरनेटबाटै साथी बन्ने, प्रेम गर्ने र विबाह गर्ने सम्मका काम समेत गर्न थालिसकेका छन् । हुँदा हुँदा मानिसहरू डेटिङ समेत अनलाइनबाट नै गर्न थालिसकेका छन् । इन्टरनेटबाटै डटिङ गर्नका लागी मानिसहरूले विभिन्न खाले वेबसाइटहरू खोल्ने गर्छन् जसमा डेटिङ गर्न सकियोस् । डेटिङ गर्नका लागी कहिलेकाँही मानिसहरू यति उत्साहित हुन्छन् की उनीहरुले कोसँग र कसरी डेटिङ गरिरहेका छन् ती कुरा पनि विचार गर्दैनन् र डेटिङ गर्ने क्रममा उनीहरूलाई हुन सक्ने हानीका बारेमा समेत धेरै अनभिज्ञ हुने गरेका छन् ।

थाहा पाऔ अनलाईन डेटिङ गर्दा के-के कुरामा ध्यान दिनुपर्छ…
१. निशुल्क डेटिङ वेबसाइटमा नजाने: निशूल्क डेटिङ वेवसाइटहरूमा सकेसम्म लगइन नगर्ने । यस्ता निशुल्क डेटिङ वेवसाइटहरूले तपाईको सूचना लिने र त्यसलाई मिलाएर अन्य कुनै प्रयोजना लागि प्रयोग गर्न सक्छन् । यस्तै, यस्ता साइटहरूमा बच्चाहरू किशोरकिशोरीहरू तथा विबाहित मानिसहरू जसलाई डेटिङको आवश्यकता छैन् उनीहरू पनि रमाइलोका लागि आउने गर्छन् ।
२. अल्टरनेटिभ इमेलको प्रयोग गर्ने: सकेसम्म आफूले परिवार, अफिस तथा अन्य कामका लागी प्रयोग गर्ने इमेल अनलाइन डेटिङका लागी प्रयोग नगर्नु राम्रो हुन्छ । सकेसम्म अल्टरनेटिभ इमेलको प्रयोग गर्दा तपाईलाई त्यहाँबाट आउने मेलहरूले तपाईको परिवार, अफिस र अन्य कामका लागि प्रयोग गरिने इमेलमा असर गर्दैन ।

३. इमान्दार हुनुहोस्: अनलाइन डेटीङ गर्दा सकेसम्म इमान्दार बनेर डेटिङ गर्नु राम्रो हुन्छ । आफ्नो उमेर, उचाई, विचार, भनाई, हबी, मनपर्ने/नपर्ने कुराहरूबारे इमान्दार भएर अरूलाई जानकारी दिनुस् । सकेसम्म आफ्ना भर्खरैका तस्विरहरू राख्नुस् । यसले तपाईप्रति डेटिङ गर्नेको मनमा राम्रो छाप पर्न जान्छ ।

४. विबाहित मानिससँग टाढा रहनुस्: अनलाइन डेटिङ गर्दा सकेसम्म आफूलाई विबाहित मानिससँग टाढा रहनु राम्रो हुन्छ । यसले तपाई मात्र नभइ तपाईसँग डेट गर्ने मानिसको जीवनमा पनि थप सकंट आउन सक्छ । डेटिङका क्रममा विबाहित मानिस भनेर कसरी चिन्ने भन्ने समस्या आउने गर्छ यसका लागि उनका गतिविधीहरू नै विचार गर्नुपर्छ । विवाहित मानिसहरू प्राय अनलाइनमा लामो समय पछी आउने गर्छन् र नियमित समयभन्दा फरक समयमा आउने गर्छन् । कहिले एकैछिनमा अफलाइन हुने तथा कहिले रातभर पनि च्याटमा नै व्यस्त रहने खालमा मानिसहरू विवाहित हुन् भन्ने आशंका गर्न सकिन्छ। उनीहरू सकेसम्म आफ्नो पार्टनरलाई छलेर डेटिङ गरिरहेका हुनाले उनीहरूको समय र व्यवहार फरक हुन्छ । यस्तै उनीहरुले तपाईलाई आफ्नो फोन नम्बर पनि दिन गाह्रो मान्छन् किनकी आफ्नो पार्टनरले फोन कलका बारेमा थाहा पाउने सम्भावना हुन्छ ।

५. आफ्नो बारेमा जानकारी दिने खालमा तस्विर राख्ने: अनलाइन डेटिङका क्रममा प्राय मानिसले आफ्नो सबैभन्दा राम्रो फोटो राख्ने गर्छन् तर सकेसम्म आफूलाई के मन पर्छ त्यस्ता तस्विरहरू राख्नु राम्रो हुन्छ । यस्ता तस्विरले तपाईले आफ्नो प्रोफाइलमा राखेका सूचनाहरुलाई सही प्रमाणीत गर्ने गर्छ ।

६. लेखाइमा ध्यान दिनुस्: अनलाइन डेटिङका क्रममा सकेसम्म आफूले लेखेका शब्दहरू ठीक तरिकाले प्रयोग भएका छन् या छैनन् विचार गर्नुस् । कहिलेकाँही शब्द लेख्दा गलत अर्थ दिने खालका शब्द टाइप हुन सक्छन् जसले तपाईप्रति तपाईसँग डेटिङ गर्नेको विचार बदलिन सक्छ।

७. आफ्नो प्रोफाइल बारम्बार अपडेट गर्ने: सकेसम्म तपाईले आफ्नो प्रोफाइल बारम्बार अपडेट गर्नु राम्रो हन्छ । यसले तपाईका बारेमा तपाईलाई खओज्ने मानिसले राम्रा सूचना पाउँछन् । तपाईप्रति अरूको विश्वास समेत बारम्बार प्रोफाइल अफडेट गर्दा बढ्छ ।

८. कसैलाई भेट्न जाँदा विचार पुर्याउनुस्: अनलाइन डेटीङबाट साथी बनेकालाई भेट्न जाँदा विचार गर्नुस् । सकेसम्म एक्लै उसलाई भेट्न नजानुस् । उनीहरूको नियत बारे तपाई बेखबर हुने हुनाले उनीहरूको सहजै विश्वास गर्न सकिन्न त्यसैले अनलाइनबाट डेटिङ गरिरहेका मानिससँग भेट गर्न जाँदा एक्लै नजाँदा राम्रो ।

प्रकाशित : ८ चैत्र २०७३, मंगलवार ०५:४७