फोर्ब्सले सार्वजनिक गर्यो अर्बपतिहरुको सूची, चौधरी १५६७ औं स्थानमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

फोर्ब्सले सार्वजनिक गर्यो अर्बपतिहरुको सूची, चौधरी १५६७ औं स्थानमा



काठमाडौं ८ चैत । अमेरिकी पत्रिका फोर्ब्सले विश्वका अर्बपतिहरुको सूची सार्वजनिक गरेको छ । यो सूचीमा नेपालका उद्योगपति विनोद चौधरी पनि छन् ।

चौधरी ग्रुपका अध्यक्ष चौधरी विश्वका अर्बपतिहरुको सूचीमा १५६७ औं स्थानमा छन् । फोर्ब्सका अनुसार, उनको सम्पत्ति १ अर्ब ३० करोड डलर छ । यो अघिल्लो वर्षको तुलनामा २० करोड बढी हो ।

सन् २०१५ मा पनि उनको सम्पत्ति १ अर्ब ३० करोड डलर नै थियो । चौधरी पहिलो पटक २०१३ मा विश्वका अर्बपतिहरुको सूचीमा परेका थिए ।

यो वर्ष अर्बपतिहरुको सूचीमा १५७७ जना छन् । पहिलो नम्बरमा अमेरिकी धनाढ्य बिल गेट्स छन् । माइक्रोसफ्टका सह-संस्थापक उनको सम्पत्ति ८६ अर्ब डलर रहेको फोर्ब्सले जनाएको छ ।

प्रकाशित : ८ चैत्र २०७३, मंगलवार ०७:३९