देवः विकास बैंकले युनियन फाइनान्स खरीद गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

देवः विकास बैंकले युनियन फाइनान्स खरीद गर्ने



काठमाडाै ९ चैत । देवः विकास बैंकले युनियन फाइनान्स लिमीटेडलाई खरीद गर्ने भएको छ ।  बैंक र फाइनान्सबीच मंगलबार प्राप्ति सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा देवः विकास बैंकको तर्फबाट संचालक समितिका अध्यक्ष प्रा.डा. सुवर्णलाल बज्राचार्य र युनियन फाइनान्सको तर्फबाट संचालक समितिका अध्यक्ष भक्तबहादुर मल्लले हस्ताक्षर गरेका थिए ।


एक्वीजिसनपछि बन्ने संस्थाको नाम देवः विकास बैक नै रहेन, संचालक समिति अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत पनि देवः विकास बैंककै यथावत हुने समझदारी समेत भएको छ ।  देवः विकास बैंकले हालै ५० प्रतिशत हकप्रद सेयर निश्कासन गरेको थियो । चुक्तापूँजी ८८ करोड १० लाख रहेको यो बैंकको हकप्रदको बाँडफाँड र व्यवस्थापनपछि चुक्तापूँजी १ अर्ब ३२ करोडको उचाईमा पुुग्नेछ । युनियन फाइनान्सको चुक्तापूँजी १७ करोड ६५ लाख रुपैयाँ रहेको छ । एक्वीजिसनपछि बन्ने बैंकको चुक्तापूँजी १ अर्ब ५० करोडको हाराहारीमा पुुग्नेछ ।

नेपाल राष्ट्रबैंकले आगामी असार मसान्तसम्म राष्ट्रिय स्तरको विकास बैंक बन्नलाई २ अर्ब ५० करोड पुर्याउनुपर्ने नीतिगत व्यवस्था गरे अनुसार देवः विकास बैंक पनि सोही बाटोमा अगाडि बढेको हो । तर युनियन फाइनान्सलाई गाभेर समेत तोकिएको चुक्तापूँजी पुर्याउन यो बैंकलाई निकै कठीन देखिन्छ । यहीकारण बैंकले आगामी दिनमा अन्य बैंक तथा बित्तीय संस्थाहरुसँगको मर्जर तथा एक्वीजिसनको विकल्पलाई समेत खुल्लै राखिएको जनाएको छ । मर्जर पार्टनर नभेटिएको अवस्थामा यो बैंकले पुनः ठूलो परिमाणमा हकप्रद निश्कासन गर्नुपर्ने अवस्था आउनसक्छ ।

प्रकाशित : ९ चैत्र २०७३, बुधबार ०५:०३