एक अर्ब १० करोडको आलु उत्पादन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एक अर्ब १० करोडको आलु उत्पादन



नुवाकोट, ९ चैत । नुवाकोटमा यस वर्ष रु एक अर्ब १० करोडको आलु उत्पादन भएको छ ।

बर्खे र हिउँदे याममा गरी ७२ हजार ७०० मेट्रिक टन आलु उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमलराज गैरेले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष रु ८७ करोड बराबरको तथा अघिल्लो वर्ष रु ८५ करोड बराबरको आलु उत्पादन भएको थियो ।

“अघिल्लो वर्षको तुलनामा आलु लगाउने क्षेत्रफल र उत्पादन दुवैमा वृद्धि भएको छ,” डा गैरेले भन्नुभयो – “किसानले व्यावसायिक रुपमा सुरु गरेको खेती प्रणाली र पद्धति सही रुपमा अवलम्बन गर्दा आलुमार्फत जिल्लामा ठूलो रकम भित्र्याउन सफल भएका छौँ ।”

जिल्लामा यस वर्ष आलुको उत्पादनमा वृद्धि तथा उचित मूल्य पाएपछि किसान उत्साहित भएका छन् । स्थानीय बजारमा अहिले आलुको मूल्य प्रतिकिलो रु १३ देखि रु १५ मा कारोबार हुँदा किसान प्रतिकिलो पाँच रुपैयाँसम्म नाफा गर्न सफल भएका खानीगाउँका भीमप्रसाद ढकाल बताउनुहुन्छ । “व्यापारी आलु खरिद गर्न खेतमै आउने गरेकाले बजारको समस्या छैन,” ढकालले भन्नुभयो ।

जिल्लामा दुई याममा गरी चार हजार ३०० हेक्टरमा आलु लगाइएको छ । प्रतिहेक्टर करिब १७ मेट्रिक टन आलु उत्पादन भएको वरिष्ठ कृषि विकास अधिकृत डा गैरेले बताउनुभयो । “अघिल्लो वर्षको तुलनामा यस वर्ष उत्पादन तीन प्रतिशतले वृद्धि भएको छ,” उहाँले भन्नुभयो ।

जिल्लाको प्रायः सबै स्थानमा आलु उत्पादनका लागि सुहाउँदो हावापानी रहेको छ । जिल्लाको माथिल्लो क्षेत्रका करिब ८०० हेक्टरमा लगाइएको बर्खे आलु भदौ महिनामा नौ हजार ४०० उत्पादन भएको थियो । फागुन÷चैतमा उत्पादन हुनेगरी तीन हजार ६०० हेक्टरमा लगाइएको आलु ६३ हजार नौ मेट्रिक टन उत्पादन भएको कार्यालयले जनाएको छ । उक्त परिमाण गत वर्षभन्दा आठ हजार मेट्रिक टन बढी हो ।

आलुखेतीका लागि सुहाउँदो हावापानी भएकाले जिल्लामा कार्डिनल, एमएस४२ ९निलो०, जनकदेव, कुर्फिज्योति जात बढी लगाइन्छ । शीतभण्डारण ९कोल्ड स्टोरेज०को अभावका कारण आफू अनुकूलको मूल्य नपाएको किसानले गुनासो गरेका छन् । व्यापारीले अहिले किसानलाई प्रतिकिलो रु १५ सम्म खेतबारीमै मूल्य दिने गरेका छन् । तर त्यही आलु उपभोक्ताको घरसम्म पु¥याउँदा किसानले दोब्बर मूल्य पाउने गरेका ढिकुरेका किसान नारायण धमलाले बताउनुभयो ।

जिल्लाको चौघडा, खानीगाउँ, गणेशस्थान, नर्जामण्डप, थानसिंह, खरानीटार, बेलकोट, मदानपुरलाई आलु उत्पादनको पकेट क्षेत्र मानिन्छ । जिल्लामा उत्पादन भएको आलु खरिद गर्न काठमाडाँै, तनहुँ, पोखरा, बुटवलका व्यापारी आउने गरेका छन् ।

प्रकाशित : ९ चैत्र २०७३, बुधबार ०८:२९