स्थानीय तह निर्वाचनका लागि ७५ हजार म्यादी प्रहरी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

स्थानीय तह निर्वाचनका लागि ७५ हजार म्यादी प्रहरी



काडमाडौं, १० चैत  । स्थानीय तह निर्वाचनका लागि ७५ हजार जनालाई म्यादी प्रहरीमा भर्ना लिइने भएको छ । गृह मन्त्रालयले सबै तयारी पूरा गरिसकेकाले मन्त्रिपरिषद्ले स्वीकृत गर्नासाथ भर्ना आह्वान गरिने खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

गृह प्रवक्ता बालकृष्ण पन्थीका अनुसार शुक्रबार सार्वजनिक सूचना निकालेर भर्नाका निम्ति दर्खास्त आह्वान गरिनेछ । ५५ दिनको नियुक्ति पाउने म्यादी प्रहरीले नेपाल प्रहरीका जवानसरह तलबसुविधा बुझ्नेछन् ।

दोस्रो संविधानसभा निर्वाचनमा म्यादी प्रहरीमा दर्खास्त हाल्न ५० वर्षको उमेरहद तोकिएकोमा यसपालि बढाएर ५३ वर्ष र्पुयाइएको छ ।

अघिल्लो निर्वाचनमा अनुभव बटुलेकालाई पनि समेट्न उमेरहद बढाइएको हो । पूर्वसुरक्षाकर्मी, विदेशी सेनामा काम गरेका, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको भर्ना छनोटमा शारीरिक परीक्षा पास गरेका तर लिखितमा छनोट नभएका, सेवानिवृत्त वनरक्षक म्यादी प्रहरी छनोटको प्राथिमकतामा पर्नेछन् । निजी कम्पनीका सुरक्षा गार्डलाई पनि प्राथमिकतामा राखिएको छ । छनोट प्रक्रियामा १८ वर्ष पुगेर ५३ वर्ष ननाघेका नेपालीले सहभागी हुन पाउनेछन् ।

गृहले म्यादी भर्नासम्बन्धी कार्य्विधि ७५ वटै जिल्लामा पठाइसकेको छ । दोस्रो संविधानसभा निर्वाचनमा ४५ हजार म्यादी प्रहरी भर्ना गरिएको थियो । स्थानीय तह निर्वाचनमा मतदान केन्द्र धेरै हुने भएकाले म्यादीको संख्या दोस्रो संविधानसभामा भन्दा झन्डै दोब्बर र्पुयाइएको हो । १८ फागुनमा गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समिति बैठकले स्थानीय तहको निर्वाचन सुरक्षा योजना २०७३/७४ पारित गरिसकेको छ ।

प्रकाशित : १० चैत्र २०७३, बिहीबार ०५:०५