अनलाइन निर्देशिका २०७३ प्रति अोजानको आपत्ति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अनलाइन निर्देशिका २०७३ प्रति अोजानको आपत्ति



काठमाडाै १० चैत । अनलाइन पत्रकार संघ(अोजान)ले नेपाल  अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३ु प्रति अनलाइन पत्रकार संघको गम्भीर  अाप्पती जनाएको छ । बिहिबार विज्ञप्ती जारी गर्दै अोजानले उक्त निर्देशिकाप्रति आपत्ति जनाएको हो ।

सरोकारवालाको चौतर्फी विरोध र सरकारले नै गठन गरेको सुझाव समितिको प्रतिवेदन विपरीत निर्देशिकाको संशोधित रूप सार्वजनिक भएकोमा संघ आश्चर्यमा परेको जनाएको छ । प्रेस कानुनसँग कुनै सरोकार नभएको सुशासन (व्यवस्था तथा सञ्चालन) ऐन अन्तर्गत जारी ‘अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३’ले अभिव्यक्ति स्वन्त्रताको विश्वव्यापी मान्यता र संविधानले ग्यारेन्टी गरेको प्रेस स्वन्त्रता विपरित  रहेको संघको ठहर छ ।

न्यायिक परीक्षण बिनै सञ्चार माध्यमको सञ्चालनमा अवरोध गर्न सकिने र प्रशासनिक निकायले सम्पादकीय र सूचना सम्प्रेषणको प्रकृयामा हस्तक्षेप गर्न सक्ने जस्ता प्रावधान कायमै राखि आएको निर्देशिकाले  स‌ंचार क्षेत्रको विकासलाई कुण्ठित गर्ने प्रस्ट रहेको संघका अध्यक्ष शिवप्रसाद सत्यालले बताए । अनलाइन पत्रकार संघ तत्काल निर्देशिका खारेज गर्न सरकारसँग जोडदार माग समेत गरेको छ ।

प्रकाशित : १० चैत्र २०७३, बिहीबार १३:४८