म्यादी प्रहरी हुने हो ? आज देखि भर्ना खुल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

म्यादी प्रहरी हुने हो ? आज देखि भर्ना खुल्यो



काठमाडौ, ११ चैत । नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनलाई आवश्यक पर्ने म्यादी प्रहरीको भर्ना खुलाएको छ । प्रहरीले ७५ हजारको संख्यामा म्यादी प्रहरी भर्ना गर्न लागेको हो ।

योसम्बन्धी सूचना नेपाल प्रहरीको वेबसाइटमा प्रकाशन गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । इच्छुक र योग्यता पुगेका व्यक्तिलाई उक्त वेबसाइटमा राखिएको फाराम भरी सम्बन्धित कार्यालयमा सम्पर्क राख्नुपर्ने हुन्छ ।

म्यादी प्रहरीले साधारण लेखपढ गर्न जान्ने भए पुग्ने छ । तर कुनै राजनीतिक दलको सदस्यता भने लिएको हुननहुने जनाइएको छ । दरखास्त दिन आज बिहीबारदेखि आउँदो १७ गतेसम्मलाई समय तोकिएको छ ।

निर्वाचनका लागि तोकिएको ठाउँमा ५५ दिन खटिनुपर्ने म्यादी प्रहरीले एउटा प्रहरी जवानले पाएसरह तलव सुविधा पाउने प्रहरीले जनाएको छ । छनोट भएकाहरुलाई प्रशिक्षण दिएर मात्रै खटाइनेछ ।

प्रकाशित : ११ चैत्र २०७३, शुक्रबार ०५:१७