हरियाणाको एकेडिमिक काउन्शिलमा डा. अच्युत अर्याल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

हरियाणाको एकेडिमिक काउन्शिलमा डा. अच्युत अर्याल



रत्नराज्यलक्ष्मी क्याम्पसमा एमए पत्रकारिता र भारतको राजस्थान स्थित मेवार बिश्वोबिध्यालयमा मास एण्ड मिडिया कम्युनिकेसनमा बिधावारिधि पढेका २८ बर्षे डा. अच्युत अर्याल हरियाणा राज्यको सब्बैभन्दा ठुलो सरकारी बिश्वोबिध्यालय अन्तर्गत एकेडेमिक काउन्शिलमा नियुक्त भएका छन् ! काभ्रेको खनालथोकमा २०४३ चैत्रमा जन्मेका उनले यसअघि कालिञ्चोक कलेज दोलखा, मदन भण्डारी मेमोरियल कलेज बिनायकनगर काठमाण्डौ, निम्स कलेज लगनखेल लगायतका कलेजमा पत्रकारिता बिषय पढाएका थिए ! उनले ३ बर्ष सिओल थियोलोजिकल बिश्वोबिध्यालय अन्तर्गत रहेर बाईबल संचार पढाए ! नेपाल कोरिया इन्टरनेशनल कलेजमा यस अघि उनि बिब्लिकल कम्युनिकेसन एण्ड मिडिया डिपार्ट्मेण्ट हेड रहिसकेका छन् !

यस्तै काठमाण्डौ बिश्वोबिध्यालयको पत्रकारिता र आमसंचार विभागमा  समेत उनले  अध्यापन तथा  शोध सुपरिवेक्षण  गरिसकेका छन् ! निम्स कलेजका शोध बिभाग निर्देशक उनले समाजशास्त्र, मानवशास्त्र तथा बाणिज्यशास्त्रका स्नातकोतर बिध्यार्थिहरुलाई लामो समय अनुसान्धान पढाएको देखिञ्छ ! यस अघि सन् २०११ मा मार्टिन चौतारी फेलोसिप पाएका अर्यालले लामो समय तिब्बती शरणार्थी बारे अध्ययन गरेका थिए ! उनको बिध्यारिधि शोधले अमेरिकाको ईलियोनोसिस बिश्वोबिध्यालयकि प्रोफेसर एलिजावेथ नोली नुमेनको सिद्दान्त मौनताको बर्तुलाकार सिद्दान्तलाई अस्वीकृत गरिदिएको थियो ! जसको बदलामा उनले विद्रोहको बर्तुलाकार सिद्दान्तको प्रतिपादन समेत गरेका छन् ! अमेरिकाको जर्नल ‘जर्नल अफ मास कम्युनिकेसन एण्ड जर्नालिज्म’ मा यसै कारण उनलाई पढ्नेहरु दुई दिनमै ८ हजार नाघेका थिए ! यसै अन्तर्गत उनले १० हजार डलरको पुरस्कार समेत पाइसकेका छन् ! मेवार बिश्वोबिध्यालयका उनि विद्यावारिधि टपर हुन् ! मदन भण्डारी मेमोरिएल कलेजमा स्नातक पढ्दै देखि शोधमा खास रुचि राख्ने उनका अहिलेसम्मन बिबिध सिद्दान्तहरु आइसकेका छन ! नागार्जुनको मुलमाध्यमिककारिका अन्तर्गत रहेर उनले अनुसन्धान गर्ने संसारकै नया पद्दति ‘मिडल वे रिसर्च एप्रोच’ दिएका छन् ! यसमार्फत यसघि बिध्यमान संख्यात्मक र गुणात्मक शोध द्रिस्टिकोणको ‘रिजेक्सन’ भएको उनि बताउछन ! अर्यालका ३ संचार सिद्दान्तहरु छन् ! काठमाण्डौ बिश्वोबिध्यालयमा सन् २०११ मा प्रस्तुत गरेको ‘एम-थ्यौरी अफ कम्युनिकेसन’, विद्रोहको बर्तुलकार सिद्दान्त र बिश्नोई संचार सिद्दान्त ! यसमध्ये बिश्नोई संचार सिद्दान्त भारतका ७० लाख बिश्नोई समुदायले मान्ने २९ शुत्रमा आधारित छ भने  अर्याल यसलाई आफ्नो पूर्व जन्मको गुरुदक्षीणा बताउछन ! यहि सिद्दान्तको चर्चाका कारण समेत उनलाई एकेडिमेक काउन्सिलमा नियुक्तिको ढोका खुलेको हो ! गुरु जम्भेश्वोरलाई आदर्श मान्ने हरियाणामा यसप्रकारको काम पहिलो र सम्मानजनक मानिएको छ ! अध्यात्म प्रति बिशेष दखल भएका अर्याल श्रमातित मोक्षका नामले समेत चर्चित छन् ! उनको मोक्ष निकेतन गुरुकुल अन्तर्गत धेरैले दीक्षा लिइसकेका छन्  ! ‘मोक्षको आशक्ति र मोहमै नहराउ मोक्ष भन्दा पर जाउ’ भन्ने आदर्श ज्ञान उनले आफ्ना शिष्यहरुमार्फत बांडेको देखिन्छ ! कक्षा ६ मै एमाले अखिलको राजनीति गरेका उनले कक्षा नौ मा राजनीति छाडे र कम्मर कसेर पढ्न लागे ! यसपछि उनि राजनीतिमा कहिलेई फर्केनन् ! बरु बेरोजगार आन्दोलन चर्काए सन् २००८ मा काठमाण्डौमा ! अहिले उनैको यहि कामलाई केन्द्रमा राखेर एमए समाजशास्त्र -मानवशास्त्र अन्तर्गत थेसिस हुंदैछ ! अर्याल मख्ख छन्

प्रकाशित : ९ असार २०७२, बुधबार ०२:१३