यसरी शेयर गर्नुस् फेसबूकमा फोटो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यसरी शेयर गर्नुस् फेसबूकमा फोटो



फेसबूकमा फोटो शेयर गर्ने काम धेरैको दैनिक गतिविधिजस्तै भएको छ । तर, फेसबूकलगायत अन्य सामाजिक सञ्जालमा हरेक दिनजसो नयाँ फिचरहरू ‘अपडेट’ भइरहन्छन् । यसकारण, आफ्नोसहित अरूको पनि फोटो शेयर गर्ने तथा तिनमा पहुँच बनाउने सबै उपायबारे तपार्इं अनभिज्ञ हुन सक्नुहुन्छ । फोटो शेयर गर्ने कामलाई हलुका रूपमा लिनुहुँदैन । किनकि, फोटो शेयर गर्दा गलत लिङ्कको प्रयोग भयो भने त्यसले धेरै असर पार्न सक्छ । फेसबूकमा सजिलोसँग उच्च रिजोल्युशनको फोटो शेयर गर्ने केही उपायबारे यहाँ चर्चा गरिएको छ :

अरूको पेजको फोटो डाउनलोड गर्न
आईफोन (तथा अन्य आईओएस डिभाइसमा) फोटोमा ट्याप गरेपश्चात् तपार्इंको फोनले पूर्ण आकारको फोटो देखाउँछ । अब, स्क्रिनमा केही समयका लागि आफ्नो औंलाले छोइरहनुहोस् । यसपछि तपाईंको स्क्रिनमा ‘सेभ फोटो’ अप्शन देख्न सकिन्छ । यसको छनोट गरेपश्चात् तपाईंको क्यामेरा रोलमा यो फोटो सेभ हुन्छ ।

एण्ड्रोइड फोनमा भने आईफोनको तुलनामा यो कार्य केही असहज हुन सक्छ । सहजताका लागि फेसबूक फोटोसेभ वा पिकडाउन लोडरजस्ता एप्स डाउनलोड गर्न सकिन्छ । साथै, फेसबूकमा फोटो हेर्दै गर्दा मेनु बटनमा क्लिक गरी (केही फोनमा ‘मोर’) शेयर गर्ने । यसपश्चात् तपाईं आफ्ना फोनमा उपलब्ध फोटो परिमार्जन प्रोग्राममा सेभ गर्ने वा आफ्नै मेलमा पठाउन सक्नुहुन्छ ।

अरू पेजबाट फोटो डाउनलोड
यो धेरै सजिलो तरीका हो । फेसबूकले अरू पेजबाट हाई रिजोल्युशन फोटोहरू डाउनलोड गर्ने सुविधा प्रदान गर्दै आएको छ । राइट क्लिकका माध्यमबाट डाउनलोड गर्दै आउनुभएको छ भने तपाईंले कम रिजोल्युशनयुक्त फोटोहरू प्राप्त गर्नुहुन्छ । उच्च रिजोल्युशनका फोटोहरू चाहनुहुन्छ भने फोटोमा क्लिक गर्नुहोस् । यसले फोटोलाई ‘फुल स्क्रिन’मा देखाउँछ । यसपछि अप्शन बटनमा थिची डाउनलोडको छनोट गरेपश्चात् तपाईंले फेसबूकले सञ्चय गरेको हाई रिजोल्युशनसहितको फोटो प्राप्त गर्न सक्नुहुन्छ ।

फेसबूकमा नभएका साथीसँग एल्बम शेयर गर्न
आफूले एल्बम शेयर गर्न चाहेका सबै व्यक्ति जस्तै तपाईंका अभिभावक फेसबूकमा उपलब्ध नहुन सक्छन् । तर, यसबारे चिन्तित हुने दिन अब छैन । त्यसलाई फेसबूक पेजविना नै आफ्ना एल्बम देखाउन सकिन्छ । यसो गर्न आफ्नो एल्बममा गई सेटिङका लागि गियर आइकन क्लिक गरेपछि ‘गेट लिङ्क’मा क्लिक गर्नुपर्छ ।
यसपछि लिङ्क कपी गरी तिनलाई ई–मेलमार्फत वा सोझै फेसबूकबाट पनि पठाउन सकिन्छ । उक्त लिङ्कमार्फत चाहेको व्यक्तिले फेसबूक नचलाई कुनै तपाईंको एल्बम हेर्न सक्छन् । तर, यो उपाय एल्बमका लागि मात्र प्रयोग गर्न सकिन्छ । फेसबूकले बनाएका एल्बम (टाइमलाइन, मोबाइल अपलोड्स) तथा छुट्टाछुट्टै फोटोका लागि भने यो उपायले काम गर्दैन ।

फेसबूकको फोटो ठूलो गर्न
सामान्यतया फेसबूकमा रहेका फोटोहरू ठूलो गरी हेर्न हामी त्यसमा क्लिक गर्छौं । तर, यसो गरिरहनुपर्दा समय खेर जाने गर्छ । समय खेर नफाली ब्राउज गर्दागर्दै कुनै फोटो ठूलो गरी हेर्न तपाईं आफ्नो ब्राउजरमा ‘फोटोजूम फर फेसबूक’ एक्सटेन्सन राख्न सक्नुहुन्छ । यो एक्सटेन्सन सित्तैमा उपलब्ध छ । यसले क्रसर फोटोमाथि राख्नेबित्तिकै फोटोलाई ठूलो आकारमा प्रस्तुत गर्छ ।

एल्बम डाउनलोड गर्न
एकएक गर्दै धेरै फोटो डाउनलोड गर्नुपर्दा दिक्क लाग्न सक्छ । तर, फेसबूकमा पूरै एल्बम नै डाउनलोड गर्न सकिन्छ । यसका लागि ‘पिकजिप’को आवश्यकता पर्छ । तपाईंले फेसबूकमा लगइन गर्दा यसले तपार्इंका सबै साथीहरू लिष्ट गर्छ । आफ्नो आवश्यकताअनुसार साथीको छनोट गरी चाहिएको एल्बम सेलेक्ट गरेर डाउनलोड गर्न सकिन्छ ।

भिडियो डाउनलोड गर्न
पिकजिपको सहायताले साथीहरूको पेजमा रहेको भिडियोसमेत डाउनलोड गर्न सकिन्छ । फेसबूकले आफ्नो साइटबाट भिडियो डाउनलोड गर्न दिँदैन । यसकारण पनि यसको महत्व अझ बढेको छ ।

प्रकाशित : १४ चैत्र २०७३, सोमबार ०६:३०